बुलबुलको क्यारेक्टर टिजर (भिडियो)

फिल्म । पहिलो सार्वजनिक गीत मार्फत चर्चा बटुलिरहेको फिल्म ‘बुलबुल’ को टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका दुई लिड पात्र स्वस्तिमा खड्का र डेब्यु अभिनेता मुकुन भुषाललाई फिचर्ड गरिएको छ । यी दुईको संवादसँगै क्यारेक्टरलाई टिजरमा देखाइएको छ । फिल्ममा स्वस्तिमा टेम्पो चालिकाको भूमिकामा देखिएको छ । आउदो फागुन ३ मा रिलिज हुने फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन् ।

अविरल थापाले फिल्म निर्माण गरेका हुन् भने यसमा कार्यकारी निर्माता रामराजा दाहाल रहेका छन् भने छायांकन सुसन प्रजापतिले गरेका हुन् । फिल्ममा स्वस्तिमा र मुकुनकासँगै बुद्धि तामाङ्ग ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, एलिना कार्की ,जोयश पाण्डे,उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्