फिल्म । बलिउडमा पछिल्लो समय सानो बजेटमा फिल्म बनाएर ठुलो पैसा कमाउने व्यानरमा पर्छ , म्याडडक फिल्म्स । यस व्यानरबाट निर्मित हिन्दी मिडियम , स्त्री , लुका छिपी लगायतले दर्शकको मन जित्दै आफुलाई बक्स अफिसमा बलियो सावित गरेका छन् । यहि टिमले ल्याएको नयाँ फिल्म हो ‘मेड इन चाइना’ । राज कुमार राव अभिनित फिल्मलाई दिनेश बिजन र शारदा कार्की जलोटाले निर्माण गरेका हुन् ।
मिखिल मुसालेको निर्देशनमा तयार फिल्ममा मुनी रोय , वुमन इरानी , परेश रावल लगायतको अभिनय रहेको छ । आउँदो अक्टुबर २५ मा रिलिज हुने फिल्मको ट्रेलर सार्वजनिक भएसँगै चर्चा बढ्दो छ ।
कमेन्ट गर्नुहोस्









