फिल्म । अभिनेत्री मिरुना मगरले जापानको टोकियोमा हुने ‘घरज्वाइँ’को विशेष प्रदर्शनीमा सहभागिता जनाउने भएकी छिन् । अगस्ट ११ तारिख आइतबार हुने प्रदर्शनीलाई नेपाल मगर सङ्घ जापानले आयोजना गरेको हो । यसपश्चात १४ तारिखमा नागोया र ओसाका सहरमा एकै चोटी शो हुनेछ । मिरुनाले दर्शक भेटेर साक्षात्कार गर्ने भएकी छिन् ।
मगर सङ्घका अध्यक्ष रामहरी खपांगी मगरले दर्शकको माग कै कारण मिरुनालाई शोमा सहभागी गर्न लागिएको जानकारी दिए । जापानका लागी नेपाली राजदुत दुर्गा बहादुर सुवेदीको सपरिवार उपस्थित हुने शोमा एनआरएनए लगायत विभिन्न संघसंस्थाको उपस्थिति रहने सङ्घले जनाएको छ ।
रुकुम पुर्वको तकसेरा, बाच्चिगाउँ र लुगुम गाउँमा छयांकन गरिएको फिल्मले त्यहाँको मगर समुदायमा प्रचलित घरज्वाइँ प्रथालाई उठान गरेको छ । अनिल बुढा मगरको निर्देशन र जनक घर्ति मगरको निर्माण रहेको फिल्ममा दयाहाङ राई र मिरुना मगरको मुख्य रहेको छ । गत असार २८ गतेबाट नेपालमा प्रदर्शन भैरहेको फिल्म आज शुक्रबारबाट ५ औं हप्तामा प्रवेश गरेको छ ।











