‘बागी ४’ बन्ने

फिल्म । टाइगर श्राफको हिट फ्रेनचाइज ‘बागी’ को चौथो सिरिज पनि बन्ने भएको छ । टाइगरलाई बलिउडमा स्थापित गर्ने सिरिजलाई अगाडी बढाउने बताइएको छ । टाइगरले एक अन्तर्वार्ताको क्रममा कोरोना भाइरस (कोभिड १९) को कारण ‘बागी ३’ लाइ धेरै दर्शकले हेर्न नपाएको बताए । ‘अवस्था सामान्य भएपछी हामी फिल्मलाई रि-रिलिज गर्ने कोसिस गर्ने छौ अन्यथा यसको चौथो सिरिज त हामी बनाउदै छौ’ टाइगरले भने ।

अघिल्लो सिरिजको तुलनामा नयाँमा झनै मेहनत गर्ने पर्ने उनले बताए । ‘हिरोपन्ति’ डेब्यु अभिनेता टाइगरलाई यसै सिरिजले बलिउडमा स्थापित गरेको थियो । साजिद नाडियडवालाको निर्माण रहेको फिल्ममा टाइगरसँगै अन्य को-को रहनेछन ? यो भने बताइएको छैन । (एजेन्सी)

कमेन्ट गर्नुहोस्