संगीत । केहि दिन यता दु:खद खबर आउने क्रम रोकिएको छैन । बलिउडका दुइ ठुला हस्तीहरु ऋषि कपूर र इरफानले यो संसार छाडेर कलाप्रेमीलाइ दुखि बनाएका छन् । यी दुइलाई श्रद्धाञ्जली दिन नपाउंदै गायिका रानु देवी पौडेल अधिकारीको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको बैसाख १८ गते, बिहिबार निधन भएको हो । बिहिबार रातिनै उनको अन्त्यष्टी पनि गरिसकिएको छ ।
रेडियो नेपालकी पहिलो गायिकाको रुपमा परिचित रानुले क्रान्तिकारी गीत संगीत मार्फत नाम कमाउन सफल भइन् । बि. सं. १९९० सालमा बिरगंजमा जन्मिएकी उनको काठमाण्डौमा निधन भएको हो ।
कमेन्ट गर्नुहोस्










