फिल्म। नेपाली कलाकारको छाता सङ्गठन नेपाल नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । कुल खसेको चार सय ६८ मतमा उनले दुई सय ३५ मत पाएर विजयी हुँदा निकटम प्रतिद्वन्दी अभिनेत्री रेजिना उप्रेतीले दुई सय ९ मत मात्र प्राप्त गरिन। सङ्घ स्थापना हुँदा नै सदस्य रहनु भएका निरौला त्यसपछि कार्यसमितिमा चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष रहिसक्नु भएको छ।
उपाध्यक्षमा कविता गेलालले एकसय ५१ मत र शिवहारी नेपाल ‘वैरागी’ ले एकसय ४० मत तथा महासचिवमा सविन श्रेष्ठले एकसय १२ मत प्राप्त गरेर विजयी भए। यस्तै, सचिवमा रामेश्वर बुर्लाकोटीले दुईसय २३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले दुईसय ६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भइन् । सदस्यमा शितल केसी सर्वाधिक तीन सय २ मतसहित विजयी हुँदा अन्य सदस्यहरुमा गोपाल ढकाल ‘छन्दे’ (२८७), उद्दव प्रसाद भट्टराई (२११), पवन केसी (२०२), नम्रता खरेल (१८७), पुकार भट्टराई (१८२), खुश्बु खड्का (१७७), सरिता राधोपाध्याय (१४६), रोशन श्रेष्ठ (१३५) र समीर लामा (१३३) मत प्राप्त गरेर विजयी भए ।