माटोको सुवास र किसानको जीवन बोकेर आउँदै ‘असार मास’

फिल्म । माटोको सुवास, खेतबारीको हरियाली र किसानको पसिनाले सजिएको गीत ‘असार मास’ चाँडै सार्वजनिक हुने भएको छ । सिक्किमका बहुआयामी स्रष्टा जीवन शर्माको संगीतमा तयार यो मर्मस्पर्शी र चेतनामूलक गीत काठमाडौंको सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा लोकप्रिय गायिका स्मिता प्रधानको स्वर, सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको शब्द र राजु कार्कीको संगीत संयोजन रहेको छ ।

गीत रेकर्डपछि गायिका प्रधानले उत्साहपूर्वक भनेकी छन्, “यो गीत गाउनु मात्र होइन, महसुस गर्नु थियो । यसमा माटोको गन्ध, किसानको माया र प्रकृतिको पुकार सुन्न सकिन्छ । सिक्किममा साहित्य, कला र संगीतका विविध विधामा सक्रिय जीवन शर्माका ‘आउ हामी प्रेम गरौं’, ‘डाँडापाखा हरियाली’, ‘फूल जस्तै’, ‘जतै मान्छे’ जस्ता दुई दर्जनभन्दा बढी गीत लोकप्रिय छन् । उनले पाँच दर्जनभन्दा बढी गीतमा संगीत भरेका छन् । गीतकार गीता अधिकारी, जसका एक दर्जनभन्दा बढी गीत श्रोता/दर्शकमाझ पुगिसकेका छन् ।

उनले भनिन्,‘एउटा माटो, प्रकृति र किसानको गीत ल्याउने मन थियो । संगीतकार जीवनजीमार्फत यो गीत आउन सफल भएको छ । गीतमा कृषकको मिहिनेत, प्रकृतिको लय र असारको रसपान मिसिएको छ ।

कमेन्ट गर्नुहोस्