संगीत । रुबुशा क्रियटिभ वर्कसको प्रस्तुतीमा गायक रुकमान लिम्बुको निर्माण रहेको वेव सिरिज डियर लभको ‘बोलन केही बोल’ गीत सार्वजनिक भएको छ । पहिलोपटक फिल्मी शैलीमा निर्माण गरिएको ‘डियर लभ’को यस गीतमा कमल खत्री र निखिता थापाको स्वर रहेको छ । गीतमा गायक कमल खत्रीकै संगीत रहेको छ भने यसमा मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ ।
विशुद्ध प्रेमकथामा आधारित यस वेभ सिरिजमा पछिल्लो समय युवापुस्तामा देखिएको प्रेमप्रतिको आशक्तिलाई समेटिएको जनाइएको छ । रुकमान लिम्बूको निर्माण र विवेक रसाइँलीको कथा एवं निर्देशन रहेको ‘डियर लभ’मा दिप्सन भट्टराई, करिना कक्षपती, रश्मि भट्ट, रविन बोगटी, किरण चन्द, कल्याण थापा, इशिका जबेगु, पेम्बा क्षिरिङ शेर्पा, लेविस थापा, विशाल घिमिरे, लक्ष्मी बोहोरालगायतका कलाकारको अभिनय रहेको छ । स्क्रिन–प्ले तथा सम्वाद रविन बोगटीको रहेको ‘डियर लभ’मा रुपेश थापाको छायाँकन र रामप्रसाद चौधरीको सम्पादन रहेको छ ।











