फिल्म । टाइगर श्राफको हिट फ्रेनचाइज ‘बागी ३’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा टाइगर एक्सन अवतारमा प्रस्तुत छन् । उनले अघिल्लो सिरिजको तुलनामा यसमा झनै मेहनत गरेका छन् । ‘हिरोपन्ति’ डेब्यु अभिनेता टाइगरलाई यसै सिरिजले बलिउडमा स्थापित गरेको थियो । उनले यसै सिरिज मार्फत दर्शकको मनमा आफ्नो स्थान बनाए ।
साजिद नाडियडवालाको निर्माण रहेको फिल्ममा टाइगरसँगै उनका पिता ज्याकी श्राफ पनि छन् । साथै फिल्ममा श्रद्धा कपुर , दिशा पटानीको पनि अभिनय रहेको छ । श्रद्धा बागी एकमा पनि थिइन् भने दुईमा दिशा पाटनी थिइन् । फिल्मलाई अहमद खानले निर्देशन गरेका हुन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्










