सुर्य अवार्डलाई लिएर उत्साहित फिल्मकर्मी , जम्बो टोली जापान उड्दै

44 Shares

देश । गत वर्ष ‘सुर्य इन्टरनेशनल अवार्ड २०१८’ को पहिलो शृंखला आयोजना गरेर सुरुवात गरेको सुर्य कर्पोरेशनले यसलाई निरन्तरता दिदै दोस्रो शृंखलाको तयारी गरिरहेको छ । आउँदो नोभेम्बर २३ देखि २६ सम्म जापानको टोकियोमा अवार्डसंग सम्बन्धित विभिन्न कार्यक्रम गरेर सम्पन्न गर्ने तयारीमा सुर्य कर्पोरेशन र यसका अध्यक्ष बाशुदेव लामिछाने लागिपरेका छन् । साकुरा नाईटसँगै विभिन्न कार्यक्रम गर्दै नेपाली कला संस्कृतिलाई टेवा पुर्याउदै आइरहेको सुर्य कर्पोरेशनका अध्यक्ष लामिछानेले दोस्रो शृंखला झनै भव्य हुने बताएका छन् ।

आउँदो नोभेम्बर २४ मा टोकियोमा रहेको नाकानो जिरो हलमा अवार्डको तयारी अन्तिम चरणमा पुगेको समेत उनले बताए । उनले यस अवार्डलाई नाफा भन्दा पनि कला र संस्कृतीमा टेवा पुर्याउने उदेश्यले आयोजना गरिएको बताए ।‘अवार्ड मार्फत थोरै भएपनि नेपाली फिल्मलाई टेवा पुगोस भन्ने उदेश्यका साथ् यसको सुरुवात गरेको हुँ’ लामिछानेले भने ‘यसपटक हामी स्थानीय सरोकारवालासंग अन्तरक्रिया पनि गर्दैछौ नेपाली फिल्मकर्मीको साथमा । फिल्म र म्युजिक विधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने उनले बताए ।

पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ७० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् । यसैगरी लोकप्रिय जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई विशेष सम्मान प्रदान गरिने भएको छ । कलाकारितासँगै गीतसंगीत , सामाजिक क्षेत्रमा योगदान पुर्याएका बहुआयामिक व्यक्तित्वलाई प्रदान गरिने ‘सुर्य रत्न सम्मान’ मार्फत मह जोडीलाई सम्मान गर्न लागिएको हो । यो अवार्डमा यस विधा अन्तर्गत पहिलो पटक महलाई सम्मान गर्न लागिएको हो । साथै , यो सम्मान हरेक वर्ष नहुने समेत आयोजकले प्रस्ट्याएको छ । यसैगरी चार दशक भन्दा लामो समय देखि यस क्षेत्रमा सक्रिय रहदै आएका फिल्मकर्मी तथा टेलिभिजनकर्मी नीर शाहलाई ‘सुर्य लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ । यसैगरी तिन दशक लामो कलाकारिता यात्रा तय गरेका क्याप्टेन समेत रहेका विजय लामालाई ‘सर्य कलाकारिता सम्मान’ मार्फत सम्मानित गर्ने भएको छ ।

उनले कलाकारितामा निरन्तर दिएको योगदान र राष्ट्रसेवामा समेत रहेको सक्रियताको कदर गर्दै सम्मान प्रदान गर्न लागिएको सुर्य कर्पोरेशनले बताएको छ । यसैगरी दुइ दशक लामो पत्रकारितामा सक्रिय रङ्ग पत्रकार साथै फिल्म निर्देशक समेत रहेका लक्ष्मण सुवेदीलाई ‘सुर्य पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।पत्रकार सुवेदीलाई नगदराशि २५ हजार (जापनिज) सहित पुरस्कृत गर्न लागिएको हो । सुर्य कर्पोरेशनका अध्यक्ष लामिछानेले अवार्डसँगै दिईने विशेष सम्मान तथा पुरस्कारले आफ्नो क्षेत्रमा निरन्तरता दिन झनै प्रेरित गर्ने उदेश्यले प्रदान गर्न लागिएको बताएका छन् । यसपटक अवार्डमा सहभागी हुन् नीर शाह , मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , भुवन केसी , केशव भट्टराई , अनमोल केसी , श्वेता खड्का , नम्रता श्रेष्ठ , साम्राज्ञी राज्यलक्ष्मी शाह , पुजा शर्मा , सन्दीप छेत्री , कमल खत्री , बर्षा राउत , विजय लामा , बुद्धि तामाङ , दिपेन्द्र लामा , हेमन्त शर्मा , संजीव पराजुली , टिका प्रसाईं , महादेव त्रिपाठी लगायतका कलाकारहरु रहेका छन् ।

अवार्डको अन्तिम तयारीको समयमा केहि अनलाइनमा अवार्ड आयोजक संस्था सुर्य कर्पोरेशनलाई जोडेर प्रकशित भएका भ्रामक खबरको पछाडी नलाग्न समेत आग्रह गरिएको छ । कर्पोरेशनका प्रवन्ध निर्देशक शम्भु लामिछानेले सुन्योजित रुपमा नै समाचारहरु बाहिर ल्याएको बताए । केहि मिडिया मार्फत बाहिर ल्याएको अडियो रिपोर्टलाई सुन्दा र इमिग्रेशनबाट फर्केका राई नाम गरेका यूवक (जसको भिडियो विवरण आउँदै) ले उक्त समाचार पूर्ण रुपमा गलत र निराधार भएको बताएका छन् । आफ्नो मानहानी हुने गरि समाचार सम्प्रेषण गरेको आरोप समेत राइले लगाएका छन् ।

उक्त राई भनिएको केटा उर्फ भिमश्वर राईले यस्तो आरोप लगाईएको हो । उनले आफु विजनेस भिषाको लागि सुर्य कर्पोरेशनमा भिषा डकुमेन्टेशनको कामका लागि गएको स्वीकारे । ‘विजनेस भिषाको तयारी गरे र जापानतर्फ लागे’ राई भन्छन् ,’जापानमा गएर कम्पनि दर्ता गरि अफिस चलाउन देखी आफु बस्न लाग्ने शुल्क १२ लाख पचास हजार मैले तिरेको हुँ । तर मलाई इमिग्रेशनले पत्याएनन् । र मलाई त्यहिबाट फर्काइयो ।’ उनले यहि कुरा मलाई गलत ढंगले कुरालाई बंङ्ग्याएर मिडियाले गलत समाचार सम्प्रेषण गरेको समेत बताए । अवार्डका नेपाल संयोजक रहेको समीर बलामीले गत बर्षको रिपोर्टले यो बर्ष थप उत्साह थपेको बताएका छन् । उनले गत बर्ष ४९ जनामा ४९ जना फिर्ता गरेको रिपोर्ट एम्बेसीमा पेश गरेपछि यो बर्ष शतप्रतिशत भिषा प्राप्त भएको पनि जानकारी गराएका छन् ।

७० जनाको टोली जापान गएर अवार्ड मात्र नभई नेपाली फिल्मको बजार प्रवर्द्धन गर्ने पनि बलामीले बताए । यस्तै नेपाल भ्रमण बर्ष २०२०, नेपाल एयरलाईन्स र नेपाल टेलिकमको पनि प्रचार प्रसार तथा प्रवर्द्धन कार्यक्रमहरु गरिने उनले बताएका छन् । उनले यस बर्ष ७० जनाको टोलीको पूर्ण विवरण सार्वजनिक गरेर जापान जाने र फर्कदा पनि फर्केको पूर्ण विवरण जस्ताको तस्तै सार्वजनिक गरिने बताएका छन् । अवार्डमा ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । साथै , क्रिटिक्स अवार्डमा निर्देशक , अभिनेता र अभिनेत्रीको विधा समेत रहेको छ । यसको नोमिनेशन नभई अवार्ड समारोहमै विजेता घोषणा गरिनेछ भने अन्य नोमिनेशनमा परेका पपुलर विधामा भोटको आधारमा विजेता घोषणा गरिनेछ । दर्ता आव्हान गरिएको मितीसम्ममा दर्ता भएका फिल्म मध्येबाट टप ३ लाई छनौट समितिले पपुलरको आधारमा सार्वजनिक गरेको हो । कार्यक्रमको अफिसियल एमसीको रुपमा नरेश भट्टराई रहेका छन् । अवार्डको नोमिनेशमा परेका टप तीनलाई भोट गर्न सुर्य इन्टरनेशनल अवार्डस् (https://suryainternationalawards.com) क्लिक गरेर नोमिनेशनमा गएर गूगल वा फेसबुक मार्फत लगइन गरेर मत दिन सकिनेछ ।

फिल्म विधा
१ फिल्म
प्रसाद – सुभाष थापा फिल्म प्रोडक्सन
छक्का पञ्जा – आमा सरस्वति मुभिज
ए मेरो हजुर ३ – सुहाना इन्टरटेनमेन्ट

२ निर्देशक
मिलन चाम्स – बोबी
झरना थापा – ए मेरो हजुर ३
दीपा श्री निरौला – छक्का पञ्जा ३

३ अभिनेता
बिपिन कार्की – प्रसाद
अनमोल केसी – क्याप्टेन
प्रदीप खड्का – लभ स्टेसन

४ अभिनेत्री
नम्रता श्रेष्ठ – प्रसाद
साम्राज्ञी आरएल शाह – काइरा
पुजा शर्मा – रामकहानी

५ सह अभिनेता
केदार घिमिरे – छक्का पञ्जा ३
सलोन बस्नेत – यात्रा
बुद्धि तामाङ्ग – जय भोले

६ सह अभिनेत्री
बर्षा राउत – गोपी
सन्ध्या केसी – पण्डित बाजेको लौरी
नीरुता सिंह – नाई नभन्नु ल ५

म्युजिक

१ पप गायक
कमल खत्री – तिम्रो मायाले
संजिव पराजुली – कर्के नजर
दीपक बज्राचार्य – मन मगन

२ पप गायिका
१ टिका प्रसाई – कर्के नजर
२ इन्दिरा जोशी – रेलिमाई
३ त्रिशाला गुरुङ – यो मन

३ आधुनिक गायक
हेमन्त शर्मा – बरिखा
युवराज चौलागाई – लट्टर पट्टर
राजेश पायल राइ – दर्शन नमस्ते ४

४ आधुनिक गायिका
मेलिना राइ – पिरिम नलाउने
अन्जु पन्त – नरुनु है
प्रविशा अधिकारी – तिमि बिना

५ लोक गायक
१ कुलेन्द्र बिक – सालको पात
२ खुमन अधिकारी – १४ अञ्चल ससुराल
३ पशुपति शर्मा – गाह्रो हुन्छ फेरी

६ लोक गायिका
१ सम्झना लामिछाने मगर – आउँन माया नाचिदेउ
२ मन्जु पौडेल – गाह्रो हुन्छ फेरी
३ बिष्णु माझी – सालको पात

कमेन्ट गर्नुहोस्