दिवाकरले दिए प्रदीपलाई शुभकामना

जयहोस् । पछिल्लो समय फिल्म ‘जात्रै जात्रा’ र ‘क्याप्टेन’ एकै डेट फागुन १७ मा प्रदर्शनमा आउने भएपछी चर्चा परिचर्चा सुरु भएको छ । क्याप्टेनमा यतिबेलाका स्टार अनमोल केसी छन् भने अर्को फिल्म जात्राको सिक्वेल हो । कन्टेनकै कारण चर्चामा आएको जात्राको सिक्वेल जात्रै जात्रा र क्याप्टेनलाई कन्टेन भर्सेस स्टारडमको लडाईको रुपमा पनि बुझिएको छ । तर यसपटक अनमोलको फिल्म पनि फर्मुला भन्दा केहि पररहेर निर्माण भएको क्याप्टेन नजिकका व्यक्ति बताउछन् । अर्को कुरा के भने दुवै फिल्मका निर्देशक नजिक छन् । अर्थात् जात्रै जात्राका प्रदीप भट्टराई र क्याप्टेनका दिवाकर भट्टराई साइनोमा दाजु भाइ नै पर्छन । क्रमश सर्लाही र सिन्धुली पुर्खौली घर भएका यी दुइको फिल्मसँगै आउदा घाटा पनि दुवैलाई छ । तर वितरक र विदाको कारणले फिल्मले एउटै डेट लक गरेको छ । क्याप्टेनको शनिवार पोष्टरमा डेट घोषणा गर्दै सार्वजनिक गरिएको हो भने जात्रै जात्रा युनिटले पनि दसैँ तथा तिहारको शुभकामना आदानप्रदान गर्दै डेट घोषणा गरेका छन् । अधिकांश फिल्मकर्मी तथा दर्शकले दुईमध्ये एक फिल्मको रिलिज पोस्टपोन्ड हुने बताउँछन् । तर, अहिलेकोे अवस्था हेर्दा दुबै फिल्मका मेकर्स उक्त मिति छाड्ने मनस्थितिमा देखिएका छैनन् । निकै हार्दिकता सम्बन्ध भएका दिवाकर र प्रदीप बीच कस्तो अवस्था आउला ? यसको चर्चा पनि हुन् थालेको छ तर जात्रै जात्राले डेट घोषणा गर्ने वितिकै दिवाकरले शुभकामना दिएका छन् । नातामा प्रदीपका भाइ पर्ने दिवाकरले ‘अल दि भेरी बेस्ट दाई एन्ड जात्रै जात्रा’ भनेर शुभकामना दिएका हुन् । यता प्रदीप पनि आफुहरु बीच समस्या नआउने र दुइ फिल्मलाई बजारले धान्ने बताउछन् । अब हेरौ , यो कन्टेन भर्सेस स्टारडममा को अगाडी हुन्छन ?
कमेन्ट गर्नुहोस्