प्रभात र स्मारिका अभिनित ‘मुगलान’को ट्रेलर सार्वजनिक

फिल्म । आगामी पुस १० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मुगलान’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार निर्माण टिमले युना डिजिटल युट्युब च्यानलमार्फत २ मिनेट २४ सेकेन्ड लामो ट्रेलर रिलिज गरेको हो । ट्रेलरमा २०५२ सालपछि देशमा देखिएको राजनीतिक अस्थिरताले नेपाली युवालाई परदेशिन बाध्य पारेको कथालाई प्रस्तुत गरिएको छ। विद्रोही पक्ष र तत्कालीन सरकारबीचको द्वन्द्वको चपेटामा परेका युवालाई ‘मुगलान’ आउनुपरेको कथा टिजरमै संकेत गरिएको छ ।

फिल्ममा प्रभात पाल र स्मारिका ढकाल मुख्य भूमिकामा छन् । साथै रामचन्द्र अधिकारी, दिनेश डीसी, सविन बास्तोला, खबपु, श्री शिवांशु, मोती सुबेदी, राजु राज सोनी, रश्मी भट्ट र जीवन गौतमलाई पनि टिजरमा देख्न सकिन्छ । रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म आशिष ढकालको लेखन एवं निर्देशनमा बनेको हो। निर्माता गोमन सिंह र सह-निर्माता रिता चौधरी रहेका छन्।

फिल्ममा संगीत किरण भुषालले दिएका छन्। गीतमा शान्तिश्री परियार, प्रताप दास, बेनिशा पौडेल र हरि गिरी (विमर्शी) को आवाज समावेश छ। गीत लेखनमा आशिष ढकाल, सिर्जना लम्साल र हरि गिरी (विमर्शी) छन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।

कमेन्ट गर्नुहोस्