‘सरौतो’ टिजरमा सुमीको एक्सन अवतार (भिडियो)

फिल्म । कार्तिक २२ मा रिलिज हुने फिल्म ‘सरौतो’ को पहिलो गीत ‘कुले दाई’ सार्वजनिकपछि बढ्दो कौतुहलतालाई मध्यनजर गर्दै निर्माण टिमले ‘टिजर’ सार्वजनिक गरेको छ । सार्वजनिक टिजर सुमी मोक्तानलाइ एक्सन अवतारमा देखाइएको छ । टिजरमा सुमीसंगै सन्नी सिंह र लियो ट्यांक मुख्य रुपमा फिचर्ड छन् । केहि दिन अगाडी गीत सार्वजनिक समारोहमा पनि टिजरलाई रुचाइएको थियो भने सुमीले एक्सनमा गरेको मेहनतको तारिफ गरेका थिए । यसमा सुमी र सन्नीसँगै विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ ।

टिजरमा विजय , युवराज र धिरेनको उपस्थितिले दर्शकलाई पुरानो दिनको याद गराउन सक्छ । सिनेम्याटोग्राफीमा बलियो नाम हरी हुमागाईंको डेब्यु निर्देशन रहेको फिल्ममा रिभेन्जको कथा देखाइएको छ । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , कलर प्रविन मानन्धर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्रीको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांगको स्वर दिएका छन् । काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा यसको छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइ उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्