कन्टेनयुक्त फिल्ममा रुचाइए अक्षय

फिल्म । बलिउडका खिलाडी एक्टर अक्षय कुमार पछिल्लो समय दंग छन् । किनकी उनको हालै रिलिज भएको फिल्म ‘गुड न्युज’ ले विकेन्डमा ६५ करोडको आसपासमा कलेक्सन गरेको छ । आउदै गरेको न्यु इयरको कारण पनि यसले पहिलो हप्तामा एक सय करोडको कलेक्सन गर्ने भारतीय बिजनेस पण्डितले अनुमान गरेका छन् । यो मिल्ने सम्भावना पनि उच्च छ । किनकी फिल्मको ‘वर्ड अफ माउथ’ बलियो छ । हालै सलमान खानको फिल्म दबंग हेरेर खिन्न भएका दर्शकलाई अक्षयले भने निराश बनाएनन् । पछिल्लो केहि समय यता सोसल ड्रामा वा इस्यु बेस्ड फिल्ममा अभिनय गरिरहेका अक्षयले यहि किसिमको दर्शकको विश्वास जित्दै अगाडी बढीरहेका छन् ।

उनको यसै वर्षको फिल्मोग्राफी हेर्ने हो भने उनका सानो बजेटको कन्टेनयुक्त फिल्मलाई दर्शकको साथ् मिलेको छ । हिट फ्रेनचाइज हाउसफुलको चौथो सिरिज भन्दा उनको मिसन मंगलले राम्रो व्यापार गर्यो । यसले पनि अक्षयलाई अब हावादारी फिल्ममा दर्शकले नपचाउने झल्को दिन्छ । पछिल्लो समय एकपछि अर्को फिल्ममा बलियो कन्टेन पस्किएका अक्षयलाई हाउसफुल जस्ता फाल्तु कमेडी फिल्म नखेल्न पनि दर्शकले सामाजिक सञ्जाल मार्फत सुझाएका थिए । उनको केहि समय यता रिलिज भएको २.० र हाउसफुल ४ को तुलनामा अन्य फिल्मले दर्शकको साथ् पाएको छ ।

केसरी , गोल्ड , प्याडम्यान , ट्वाइलेट एक प्रेम कथा , जोली एलएलबि , रुस्तम , एअरलिफ्ट जस्ता फिल्ममा दर्शकको साथ् पाएका अक्षयले आउँदो वर्ष पनि एक्सन अवतारलाई ‘सूर्यवंशी’ मा मात्र निरन्तरता दिने भएका छन् । रोहित शेट्टी निर्देशित यो फिल्म फुल मसालेदार भएता पनि कन्टेनमा आधारित रहने जनाइएको छ । यसपछि आउने लक्ष्मी बम्ब र पृथ्वीराज पनि कन्टेनयुक्त नै हुनेछ । आफ्नो पछिल्लो फिल्मको रिजल्टले अक्षयलाई सजग भने पक्कै बनाएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्