राजनीतिज्ञदेखि खेलाडीसम्मले हेरे ‘दिमाग खराब’

फिल्म । प्रदर्शनको पूर्व सन्ध्यामा ललितपुरस्थित एक चलचित्र भवनमा ‘दिमाग खराब’को प्रिमियर गरिएको छ । साधारण व्यक्ति र नगरप्रमुख बीचको कथामा निर्देशक निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र हेर्न कलाकर्मीसँगै राजनीतिज्ञ, खेलाडी लगायत पुगेका थिए । प्रिमियरमा प्रतिनिधी सभा उपसभामुख इन्दिरा राना, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, प्रतिनिधी सभा सदस्य सोबिता गौतम, बिनिता कठायत, नेपाल क्रिकेट संघ (क्यान) का महासचिव पारस खड्का, नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल, खेलाडीहरू कुशल भुर्तेल, सोम्पाल कामीलगायतको उपस्थिति थियो ।

चलचित्र ‘लूट’ निर्देशन गरेर नेपाली चलचित्रको कथ्य शैली र प्रस्तुतीकरण नै रुपान्तरण गर्न सफल निर्देशक बस्नेतले आफू र निर्माण समुहलाई विश्वास गरेर प्रदर्शनीमा सहभागी हुनुहुने सबैलाई धन्यवाद दिए । उनले भने,‘हामीले साधारण व्यक्तिको कथालाई पर्दामा ल्याएका छौँ । दैनिकीमा परिरहेको समस्या र जीवनलाई बुझ्न पाउनु हुनेछ भन्ने विश्वास छ ।’


रास्वपा सभापति लामिछानेले चलचित्र हेर्न ईच्छुक रहेको र समय मिलेसम्म चलचित्र भवनमै पुग्ने गरेको संक्षिप्त प्रतिक्रिया दिनुभयो । प्रदर्शनीमा कलाकार दीपक राज गिरी, दिपाश्री निरौला, निर्मल शर्मा, हरिवंश आचार्य, प्रकृति श्रेष्ठ, गौरव पहारी, भोलाराज सापकोटा, विनय श्रेष्ठ, निर्देशक सन्तोष शेन, ज्ञानेन्द्र देउजा, अशोक शर्मा लगायत उपस्थित थिए ।

चलचित्रमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, विजय बराल, सुमन कार्की, अर्पण थापा लगायतको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्