सङ्गीत । हरि पाण्डेको अभिनय रहेको हिन्दी गीत ‘सनम वे’ सार्वजनिक गरिएको छ । काठमाडौँमा शुक्रबार साँझ एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा हरिलाई मोडल सृष्टी खड्काले साथ् दिएकी छिन् । उनकै नाममा रहेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत बनिरहेका म्युजिक भिडियो भन्दा फरक रहेको छ ।
संजय पाण्डेको निर्देशनमा तयार भएको भिडियोलाई भव्य बनाइएको छ । राज वीरको सङ्गीत रहेको गीतमा प्रजेश र महेर अन्जुमको स्वर रहेको छ भने यसमा सोनु मिश्रको शब्द रहेको छ । गीतको भिडियोमा दीर्घ गुरुङको छायांकन, राजेन्द्र पाण्डेको सम्पादन र रङ्ग संयोजन, कृष्ण रसालको नृत्य निर्देशन रहेको छ ।
कमेन्ट गर्नुहोस्











