फिल्म । अभिनेता प्रदीप खड्काले सामाजिक विषयपछि एक्सन ड्रामामा आफुलाई प्रस्तुत गरेका छन् । उनले आउँदो फिल्म ‘पिताम्बर’ मा आफूलाई एक्सन अवतारमा देख्न पाइने बताए । उनले फिल्मको प्रचारप्रसारका लागि टिजर सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा आफूलाइ निर्माण समूहको लगनशीलताले नै फिल्ममा जोडेको बताए ।
उनले भने,‘यो फिल्म सुन्दानै मैले गरिरहेको भन्दा फरक लागेको थियो । साथै निर्माण समूह बनाउन खोजेको कन्टेन्ट र लगनशीलताले गर्दा मैले स्क्रीप्ट नसुनेर नै फिल्म गर्न सहमति दिएको हुँ । किनकि यस किसिमको लगनशीलताले फिल्म राम्रो र बनिरहेका भन्दा फरक बन्छ भन्नेमा म विश्वस्त थिएँ ।’
उनले यस फिल्ममा पहिलोपटक पात्रको स्वभाव नै द्वन्द्वात्मक भएको बताए । फिल्मम प्रदीप खड्का, दिव्य देव, अनुपविक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, रविन्द्र झा, विशाल पहाडी, प्रमोद अग्रहरी लगायतको अभिनय रहेको छ ।
फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी(अनमोल)ले समेत अभिनय गरेका छन् । विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।