नयाँ स्वरुपमा ‘नाच्देउ मैच्याङ’

संगीत । गायक तथा संगीतकार शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वरमा रहेको चर्चित गीत ‘नाच्देउ मैच्याङ’ लाई नयाँ स्वरुपमा तयार गरिएको छ । संगीतकार बाँस्कोटाको स्वर, शब्द र संगीत गीतलाई नयाँ भिडियो सहित काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । संगीतकार बाँस्कोटालाई गायनमा पाल्मु शेर्पाले साथ दिएकी छन् ।

४६ वर्षपछाडी गीत सार्वजनिक गरेपछि संगीतकार बाँस्कोटाले पुराना समयलाई स्मरण गरे । उनले भने,’‘मैले यो गीत ४६ वर्षअघि सिक्नका लागि गाएको थिएँ । अहिले आएर त्यसलाई अझ नयाँ रुप दिँदै गाउन पाउँदा प्रफुल्लित छु ।’

सार्वजनिक गीतको भिडियोमा पल शाह र छिरिङ शेर्पा फिचर्ड छन् । भिडियोका मोडल शाहले म्यूजिक भिडियोको कल्पना गरेका शम्भुजित बासकोटासँग यो भिडियोमा सहकार्य गर्न पाउँदा आफू हर्षविभोर भएको बताए । मोडल शेर्पाले आफू शेर्पा समुदायको फिल्ममा र केही गीतमा सीमित भइरहँदा अहिले यो टिमसँग सहकार्य गर्न पाउँदा आफ्नो दायरा फराकिलो बनेको अनुभव सुनाइन् ।

भिडियोमा नेपा फेस ब्युटीको मेकअप, प्रविण मानन्धरको कलर, सुनिल शिवभक्तिको सम्पादन, काजिश श्रेष्ठको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन छ ।

कमेन्ट गर्नुहोस्