फिल्म। शुक्रबारबाट नेपाली सिनेमा हलमा हलिउड सिनेमा ‘जोन वीक च्याप्टर ४’ रिलिज हुनेछ । सिनेमाले नेपाली मल्टिप्लेक्स हलमा उच्च शोज पाएको छ ।बुधबार खुलेको अग्रीम टिकट बुकिङ पनि निकै राम्रो देखिएको छ । सिनेमाको नेपाल रिलिज अधिकार सिंहदेवी प्रोडक्सनले लिएको छ । नेपालमा अहिलेसम्मकै महंगो मुल्यमा जोनवीक ४ को राइट्स खरिद गरेको सिंहदेवी प्रोडक्सनका सञ्चालक जुनिम गहतराजले बताए ।
केइनु रिभ्स स्टारर सिनेमा विश्वभरका दर्शकमाझ निकै प्रतिक्षित छ । सिनेमाको रिलिज पूर्व युकेमा गरिएको प्रिमियरमा पनि निकै राम्रो समिक्षा पाएको थियो । जसको कारण पनि यो सिनेमा दर्शकमाझ निकै प्रतिक्षित बनेको हो । यसको अघिल्लो तीन सिरिजलाई दर्शकले रुचाएका थिए।
कमेन्ट गर्नुहोस्










