फागुन १० मा ‘रुमालै छ चिनो’

फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘रुमालै छ चिनो’ को ट्रेलर सार्वजनिक गर्दै रिलिज देत घोषणा गरिएको छ । सुशान्त कार्की , अप्सना थापा, किशोर खतिवडा, संचिता लुइँटेल, सुरबीर पण्डित, रश्मी भट्ट, मिथिला शर्मा, लक्ष्मण बिक्रम बस्नेत सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको फिल्म फागुन १० मा रिलिज हुने भएको छ । एक समयको निकै हिट लोक दोहोरी गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर गीतकार रेशम थापाले यसलाई निर्माण गरेका हुन् । दिनेश सिंह ठकुरीले निर्देशन रहेको फिल्ममा गोर्खाली सैनिकको विरताको कथा देखाइएको छ । ज्योती फिल्मस्को ब्यानरमा बनेको यसफिल्ममा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा निर्माण रहेको छ ।

कमेन्ट गर्नुहोस्