‘हाउसफुल ४’ बाट निर्देशक आउट

जयहोस् । बलिउडमा यतिबेला #meetoo मुभमेन्टनै चलिरहेको छ । पछिल्लो समय आफुलाई परेको एभ्युजको पर्दाफास गर्ने क्रममा यस ‘मिटू’ अभियानले अग्रता लिईरहेको छ । बलिउड एक्ट्रेस तनुश्री दत्तले अगाडी आएर यसबारे बोलेपछि यतिबेला बलिउडमा लहर नै चलेको छ भन्दा फरक नपर्ला । यसैक्रममा पछिल्लो समय निर्देशक साजिद खानको नाम पनि अगाडी आएको थियो । उनले यौनजन्य दुर्व्यवहार गरेको भन्दै केहि एक्ट्रेस तथा मोडलले ‘मिटू’ ह्यासट्याग गर्दै उल्लेख गरेका थिए । उनको नाम यसमा मुछिएपछी उनलाई फिल्म ‘हाउसफुल ४’ बाट निकालिएको छ । भारतीय मिडियाले उनलाई फिल्मका निर्माता साजिद नाडियाडवालले फिल्मबाट आउट गर्दौ साजिद-फरहादलाई इन गरेको पुष्टि गरेकाछन् । पछिल्लो समय मिडिया तथा महिला अधिकारवादीले मिटूमा जोडिने सबैको विरोध गरिरहेका छन् । यसैले गर्दा पनि साजिदले हाउसफुलको चौथो सिरिज छाड्नु परेको बुझिएको छ । कमेडी सिरिजको दर्शकको मन जित्दै आएको यसमा अक्षय कुमार , रितेश देशमुख , जोनी लिभर , वुमन इरानी , चंकी पाण्डे लगायत छन् भने नयाँ सदस्यको रुपमा बबी देओल , कृति सानोन , पुजा हेग्डे , कृति खरबांडा , नाना पाटेकर देखिनेछन । हाउसफुलको पहिलो सिरिज सन् २०१० मा आएको थियो , जसलाई दर्शकले रुचाए । त्यसपछि सन् २०१२ मा हाउसफुल २ र सन् २०१६ मा हाउसफुल ३ रिलिज भईसकेको छ । यसको चौथो सेरिजलाई दर्शकले २५ अक्टुबर २०१९ मा हेर्नपाउनेछन् ।
कमेन्ट गर्नुहोस्