आफैले निम्त्याएका प्रतिस्पर्धी

जयहोस् । पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय कलाकार हुन् अनमोल केसी । होस्टेल डेब्यु यी हिरोले आफ्नो जेनेरेशनलाई हलसम्म ल्याउने काम गरे । यति मात्र हैन आफ्नो जेनेरेशनकै भरमा फिल्म चलाउन सक्ने पनि यिनै हुन् । किनकी दशक अगाडी फर्किने हो भने फिल्मका हिरो राजेश हमाल , निखिल उप्रेती , विराज भट्ट मात्र हुने गर्थे तर यतिबेला अवस्था फेरिएको छ । त्यसको श्रेय पपुलर नायक अनमोल केसीलाई पनि जान्छ । यसैको निरन्तरता हुन् सक्छन , प्रदीप खड्का , पल शाह र सलिनमान बनिया । तर यिनको डेब्युसँग जोडिएको ब्यानर पनि पहिला अनमोल कहाँ नै पुगेका भने होइनन् । पहिलो फिल्म मार्फत नै चकलेटी लुक्सका कारण नोटिस भएका अनमोलले जति फिल्ममा अभिनय गरेका छन् त्यसको तुलनामा धेरै छाडेका छन् । उनले छाडेकै फिल्मबाट भित्रिएका हुन् प्रदीप खड्का । अनमोललाई फिल्म प्रेम गीत खेल्ने अफर गएको थियो । तर कार्य व्यस्तता देखाउदै उनले त्यसफिल्ममा अभिनय गरेनन् र निर्माण युनिटको नजरमा प्रदीप सेलेक्ट भए । जसलाई अहिले अनमोलपछीको पपुलर नायक मानिन्छ । अनमोलले नै अभिनय नगरेको फिल्म हो ‘ ए मेरो हजुर २’ । झरना थापा निर्देशनमा डेब्यु गर्दै गर्दा लभ स्टोरीमा अनमोल नै फिट हुने भन्दै उसैलाई पक्का गर्न खोजिन् तर अनमोलले फेरी कार्य व्यस्तता नै देखाए । अनमोलपछी फिल्म प्रदीपलाई अफर गरियो तर उनले अनमोलले छाडेको फिल्म नगर्ने भनेपछि निर्माण युनिटको नजरमा सलिनमान बनिया परे । अनमोल र प्रदीपले यसफिल्म मार्फत आफ्नै लागि एक प्रतिस्पर्धी भित्र्याए । किनकी सलिनले पनि एक किसिमका दर्शकलाई आफ्नो बनाउदैछन् । यसैगरी पछिल्लो समयका स्टारमा पर्ने अर्का नायक हुन् पल शाह । पलले अभिनय गरेको फिल्म नाई नभन्नु ल ४ र म यस्तो गीत गाउछुलाई दर्शकले रुचाए । फलस्वरूप म्युजिक भिडियोमा बटुलेको क्रेजले उनि पनि स्टारमै गनिए । म यस्तो गीत गाउछु टीमको पनि पहिलो रोजाई प्रदीप नै हुन् । तर विविध कारणले उनि फिल्ममा भएनन् र त्यसपछी रोजिए पल । पललाई नै हेर्न पनि दर्शक हलसम्म आए । पछिल्लो समय अनमोल , प्रदीप र पललाई हेर्न दर्शक हलसम्म आउने गरेका छन् भने सलिन पनि त्यो क्रेज बनाइ रहेकाछन् । यसैगरी पछिल्लो समय फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ मार्फत डेब्यु गरेका नायक हुन् धिरज मगर । पछिल्लो समय सम्भावना बोकेको कलाकारमा धिरज परेका छन् । यसरि अनमोल र प्रदीपले आफ्नो प्रतिष्पर्धीलाई आफैले फिल्म नगरीमा ल्याए भन्दा फरक नपर्ला । किनकी यिनकै कारण अवसर सिर्जना भयो । तर लभ स्टोरी फिल्म निर्माण गर्ने निर्माता तथा निर्देशकको पहिलो रोजाईमा पर्ने अनमोल भने आफुलाई बजार अनुसार ल्याउदैछन् । उनले केहि समय अगाडी मात्र ए मेरो हजुर ३ र ब्याचलर बन्टी साइन गरेका थिए । झरनाकै निर्देशनमा उनले ‘ए मेरो हजुर ३’ को शुटिङ पनि थालिसकेका छन् । पहिला आफैले रिजेक्ट गरेको प्रोजेक्ट मार्फत स्टार नै उदय भएपछी अनमोलले ब्यानर सेलेक्ट गर्न थालेका छन् ।
कमेन्ट गर्नुहोस्