फिल्म हल बन्द हुँदै

फिल्म । पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना भाइरसको दोस्रो लहरका कारण लकडाउन र कर्फ्यु भईरहदा नेपाल पनि प्रभावित बनिरहेको छ । पछिल्लो समय नेपालमा संक्रमितको संख्या र दर बढिरहदा नेपाल सरकारले बैशाख मसान्तसम्म भीडभाड हुने विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भिडभाड हुने विभिन्न स्थान अन्तर्गत फिल्म हलहरुलाई समेत बन्द गर्ने निर्णय गरेको छ ।

गतबर्षको पौष २६ गते सरकारले ५० प्रतिशत अकुपेन्सीमा हलहरु खोल्न दिने निर्णय गरेता पनि दर्शकको उपस्थिति भने हलमा न्यून रहेको थियो । हल संचालनमा आएको ३ महिनापछि शहरी क्षेत्रमा पर्ने हलहरु बन्द गर्ने निर्णय सरकारले लिएको हो । मन्त्रीपरिषद्को बैठकले विद्यालय, फिल्म भवन, रात्रीकालिन व्यवसाय लगायतका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्