फिल्म । केहि समय अगाडी मात्र सार्वजनिक भएको सर्ट फिल्म ‘मन बार’ हिन्दी भाषाको सर्ट फिल्म ‘नामर्द’ को हुबहु नक्कल गरिएको चर्चा पछिल्लो समय फिल्मनगरीमा छ । यो थाहा पाएपछि सर्ट फिल्म ‘मन बार’ कि लिड क्यारेक्टर सुरक्षा पन्तले दुःख व्यक्त गरेकी छिन् । आफुलाई दु:ख लागेको जनाउदै उनले सामाजिक सञ्जाल मार्फत आफलाई उक्त कुराको जानकारी भएको भए काम गरिदैनथ्यो होला भनेर उल्लेख गरेकी छिन् ।
‘कुनै आइडिया मन परेर काम गरिन्छ । अनी यस्तो गलत हर्कतले गर्दा आफ्नो कामप्रति कहिलेकाही मन खुम्चिन पुग्छ । व्यक्तिगत रुपमा आइडिया हुबहु कपी गर्ने कुराको म घोर विरोधी हुँ । त्यसैले अनविज्ञ भई यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन् ।
उनले इन्टरनेटका सम्पूर्ण कन्टेन्ट हेर्न नसकिने भन्दै यस्तो फेरि नहोला भन्न नसक्ने पनि उल्लेख गरेकी छिन् । सुरक्षाले यो सर्ट मुभीको दोश्रो पार्ट पनि बनाउने कुरा उठेको तर आफू भने यसमा काम नगर्ने मनसायमा पुगेको लेखेकी छिन् । उनले अन्तिममा लेखेकी छिन्–‘टिमले राम्रो काम गरेको छ भन्ने कुरा पहिले कलाकारहरुबाट नै थाहा हुन्छ भने टिमले काम राम्रो नगरेको कुरा पनि कलाकारबाटै थाहा हुने हो । यसैले, कलाकारहरु एकदमै इमान्दार हुन जरुरी छ ।’