टुङ्गो लाग्यो ‘दि कर्मा’ को रिलिज डेट

फिल्म । अन्तत प्रदर्शनको अन्यौलतालाई चिर्दै परमिता आरएल राणा अभिनित नेपाली फिल्म ‘दि कर्मा’ आगामी माघ १७ गते रिलीज हुने भएको छ । यस फिल्मको रिलीज मिति तोक्दै अफिसियल पोस्टर समेत रिलीज गरिएको निर्माता जय राज रायले बताए । देव कुमार श्रेष्ठले निर्देशित फिल्म नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको बताईएको छ । जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

भारतिय कलाकारको अभिनयका कारण पनि यो फिल्मलाई चासोको रुपमा लिईएको छ । भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको यो फिल्ममा करणका अलावा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो ।

नेपाल रिलीजसँगै अन्य मुलुकहरुमा पनि यो फिल्म रिलीज हुने बताईएको छ । हिमालयन बिजनेस ग्रुपले अष्ट्रेलियामा रिलीज गर्ने बताईएको छ भने एभरेष्ट बिजनेश ग्रुपले दक्षिण कोरियामा रिलीज गर्नेछ । त्यसैगरी जापान, हङकङ, थाईल्याण्ड, म्यानमार, मलेशिया, विभिन्न खाडी मुलुकहरुमा रिलीज पछि अमेरिका, बेलायत तथा यूरोपमा विभिन्न मुलुकहरुमा प्रदर्शन गरिने निर्माता श्रीदेवले बताए ।

कमेन्ट गर्नुहोस्