‘माया सबैको एउटै हो तर हाम्रो दृष्टी फरक किन ?’

457 Shares

फिल्म । यतिबेला प्रियंका कार्की डेब्यु निर्देशकीय वेब सिरिजको काममा व्यस्त छिन् । आठ एपिसोडको सिरिजका लागि उनले एक साता लामो छायाँकन सकाईन् । अब नेक्स्ट सेड्युल आउँदो साताबाट सुरु हुनेछ । केहि समय अगाडी उनले फिल्म निर्माण गर्ने चर्चा चलेको थियो तर उनले अचानक वेब सिरिजको उद्घोष गरिन् , आफ्नो सोसल मिडियाबाट । एलजीबीटिआई’ समुदायको सम्मान गर्दै जुन महिनाको अन्तिम दिन अर्थात् प्राइड मन्थको अन्तिम दिन पारेर अभिनेत्री प्रियंकाले लेस्बियन कथामा निर्माण हुने सिरिजको फस्टलुक सार्वजनिक गरिन् ।

‘जस्ट अनोदर लभ स्टोरी’ को फस्ट लुक पोस्टर पनि सार्वजनिक गरेकी छिन् । ‘यसमा हामीले एउटा छुटै संसार देखाउने कोसिस गरेका छौ , जहाँ दुइ आफ्नो मायामा लट्ठ छन्’ प्रियंकाले सिरिजको बारेमा बताइन । उनिसंगै सिरिजमा सृष्टी श्रेष्ठ छिन् । ‘दुइ महिलाको प्रेममा आउने उतार चढाव र उनिहरुको संसारलाई हामीले देखाउने कोसिसमा छौ’ उनले भनिन् ‘सायद यो उनीहरुले व्यक्त गर्न चाहेको र नसकेको स्टोरी पनि हुनसक्छ ।’ प्रियंका आफ्नै प्रोडक्सन कम्पनी प्रिंकल बेल पिक्चर्सबाट यसलाई निर्माण तथा निर्देशन गरिरहेकी छिन् भने यो अगस्टबाट युटुवमा हेर्न पाइनेछ ।

प्रियंकाको यो डेब्यु निर्देशन नै हो । ‘म आफुलाई परिपक्क पनि बनाउदैछु’ उनले भनिन् ‘यसबाट मलाइ प्राक्टिकल ज्ञान मिल्नेछ ।’ उनि आफ्नो प्रोडक्सन हाउसबाट बन्ने फिल्मको निर्देशनको तयारीमा पनि छिन् । ‘म टिम बनाउदैछु आउँदो केहि समयमा नै सबै जानकारी गराउनेछु’ उनले कथा लगायतको प्रि-प्रोडक्सनको काम भईरहेको बताइन । वेब सिरिजमा कथा र लेखन शान बस्न्यातको रहेको छ भने त्यसलाई पटकथामा प्रियंका आफैले तयार पारेकी छिन् । ‘मेरो साथीहरु हुनुहुन्छ जसले आफ्नो कुरा खुलेर व्यक्त गर्न सक्नु हुदैन’ उनले भनिन् ‘व्यक्त गरे पनि परिवार भन्दा बाहिरको व्यक्तिको चासो बढी हुन्छ ।’

उनको बुझाइमा माया जोसंग पनि हुन् सक्छ । ‘माया र त्यसलाई व्यक्त गर्ने तरिका सबैको समान हुन्छ तर हाम्रो दृष्टीमा किन भिन्नता ?’ उनले वेब सिरिजले शिक्षा नदिए पनि एउटा यथार्थलाई देखाउने बताइन । ‘उनीहरुकै संसारमा किन हामीले छाड्दैनौ ?’ प्रियंका प्रतिप्रश्न गर्छिन् । सिरिजको ९५ प्रतिशत छायाँकन पार्क भिलेजमै हुनेछ । प्रियंकालाई वेब सिरिजमा आयुष्मान देशराज जोशी डिओपीको रुपमा सघाई रहेका छन् । यसपछि प्रियंकाले अन्य वेब सिरिजको पनि प्लनिङ्ग गरिसकेकी छिन् ।

Facebook Comments