गीत गजलको ‘छ कि छैन् तिमिलाई थाहा’ सार्वजनिक (भिडियो)

297 Shares

फिल्म । आउँदो असोज २४ गते रिलिज हुने फिल्म गीत गजलको पहिलो गीत सार्वजनिक गरिएको छ । भारतको गोवा र नेपालमा छायाँकन गरिएको ‘छ कि छैन् तिमिलाई थाहा’ बोलको गीतमा मुख्य कलाकार रुप र आरोहीलाई फिचर्ड गरिएको छ । पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर छ ।

पहिलो गीतको भिडियोमा निर्देशक नितिन चन्दको कोरियोग्राफी हेर्न सकिन्छ । सार्वजनिक गीतलाई सुरेश काफ्लेले छायाँकन गरेका हुन् । फिल्मबाट अभिनेता रुप पोखरेल र आरोही सिंहले नेपाली फिल्मीक्षेत्रमा डेव्यु गर्दैछन् । आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानलगायतका कलाकारको पनि अभिनय रहेको छ । आरोहण क्षेत्री निर्माता रहेको फिल्मका सह निर्माता सुजन आचार्य हुन् ।

यस फिल्ममा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत, निर्देशक नितिन चन्दको कोरियोग्राफी, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ ।

Facebook Comments