आप्पा : फस्टलुकसँगै रिलिज डेट घोषणा

फिल्म । अभिनेता दयाहाङ राई अभिनित नयाँ फिल्म ‘आप्पा’ फस्टलुक सार्वजनिक गर्दै रिलिज डेट तय गरिएको छ । दया पहिलो पटक शिर्ष रोलमा देखिदै ड्राइभर र पिताको भूमिका निर्वाह गरेको फिल्मको बारेमा राजधानी एक कार्यक्रम आयोजना गर्दै जानकारी गराइएको हो । अनमोल गुरुङको डेब्यु निर्देशन रहेको फिल्ममाउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको हो ।

यसमा बाबु-छोराको कथा देखाइएको छ । जेठ २४ गतेरिलिज हुने फिल्मको पोस्टरमा दयाहाङ र एक प्रेम जोडी प्रस्तुत छन् । फिल्ममा दयासँगै तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको पनि प्रमुख भूमिका छ । दर्पण छायाँ निर्देशक तुलसीले फिल्म राम्रो बनेको बताए । ‘यसमा कलाकारको रुपमा अभिनय गर्न पाए’ उनले भने ‘नयाँ पुस्तासँग अपडेट हुन् पाए यसमा म पिताको भूमिकामा छु ।’ निर्देशक अनमोलले नै लेखेको फिल्मको कन्सेप्टलाई पर्दामा उतार्न उनलाई सहज थिएन ।

‘मलाइ केहि समय लाग्यो फिल्मी चित्रण गर्न’ उनले भने ‘फिल्मले दर्शकलाई फरक स्वाद पक्कै दिन्छ ।’रुदेन सादा लेप्चा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा माबो हाङ रहेका छन् । निर्देशक गुरुङ र उमेश उपमाको स्क्रिनप्ले रहेको फिल्ममा सैकत देवको ब्याकग्राउन्ड स्कोर छ । शैलेन्द्र डि. कार्कीले फिल्म खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्