‘नेपाल फर्केपछि शुटिङ’ अनमोल

64 Shares

फिल्म । अनमोल केसी यतिबेला विदेश भ्रमणमा छन् । उनले अभिनय गरेको अघिल्लो वर्षको फिल्म क्याप्टेन र ए मेरो हजुर ३ विभिन्न अवार्डमा नोमिनेशनमा परेसँगै अनमोलले विदेश यात्रा थालेका हुन् । उनले अभिनय गरेको फिल्म ‘क्याप्टेन’ बाट जापानमा सम्पन्न सुर्य इन्टरनेशनल अवार्ड जिते । उनले पपुलर तर्फको अवार्ड हात पारेका हुन् । यससँगै अनमोलले अमेरिकामा पनि अवार्ड हात पारेका छन् ।

अनमोलले अमेरिका भ्रमण सकाएपछी ‘ए मेरो हजुर ४’ को छायाँकनमा जाने बताए । ‘अवार्ड र क्याप्टेनको शो सकेर आएपछि फिल्मकै छायाँकनमा व्यस्त हुन्छु’ अनमोलले भने । उनले एन्टी हिरो भने आउँदो वर्ष मात्र फ्लोरमा जान सक्ने पनि बताए । ‘स्टोरीमा काम भइरहेको छ सकिए यसै वर्ष नत्र अर्को वर्ष होम प्रोडक्सनको फिल्मको छायाँकन हुन्छ’ अनमोलले स्टोरी सकिएपछि मात्र केहि भन्न मिल्ने बताए । फिल्म सुहाना इन्टरटेनमेन्टको व्यानरमा बन्ने छ भने यसमा सुहाना थापासँग उनको जोडी दोहोरिनेछ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन् भने झरना थापाले यसको निर्देशन गर्नेछिन् ।

कमेन्ट गर्नुहोस्