स्वदेशीलाई पनि उत्तिकै माया

टिभी । पछिल्लो समय नेपाली टेलिभिजनमा रियालिटी शोको क्रेज बढ्दो छ । गायनसंगै नेपाल भित्रिएका एडभेन्चरस शोले दर्शकको साथ पाउँदै टेलिभिजनको टीआरपी बढाउँन मदत गरिरहेका छन् । तर , कमेडी शो भने निकैकम छ । दशक अगाडी तीतो -सत्य , मेरी बासै र जिरे खुर्सानी आउने समयमा परिवारनै टिभीको लागि समय छुट्याउथिए । तर , पछिल्लो समय यतिबेला समय फेरिएको छ । किनकी सिरियल त छैनन् नै नयाँ हास्यकलाकारले पनि दर्शकको मन जित्न सकेका छैनन् । मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगै किरण केसी , राजाराम पौडेलपछी टिभीमा उदाएका दीपकराज गिरी , जितु नेपाल , केदार घिमिरे , सिताराम कट्टेल , दीपाश्री निरौला , कुन्जना घिमिरेपछी कमेडीमा ‘भद्रगोल’ को अघिल्लो टीम बाहेक अन्यले दर्शक माँझ परिचय बनाएका छैनन् । या , भनौ दमदार कमेडियन आएका छैनन् ।

यहि अभावलाई पनि केहि परिपुर्ती गर्ने उदेश्यको साथ् सुरु भएको ‘कमेडी च्याम्पियन’ दर्शकको माया पाउन थालेको छ । कुनै विदेशी शो को फ्रेनचाइज नरहेको ‘कमेडी च्याम्पियन’ को युट्युबमा सार्वजनिक शोलाई दर्शकले रुचाएसंगै ट्रेन्डिङमा मात्र परेको छैन् , सार्वजनिक दुइ एपिसोडको भ्युज १० लाख बढी छ । स्वदेशी कन्सेप्टमै तयार शोले पाएको माया देखेर यतिबेला टिम हौसिएका छन् । शो कान्तिपुर टेलिभिजनबाट प्रशारण भैरहेको छ भने यो युट्युबमा कमेडी च्याम्पियनकै च्यानलमा उपलब्ध हुने गरेको छ । हालसम्म यसको ४ एपिसोड सार्वजनिक भएका छन् , जस मध्य १ र २ को भ्युज १० लाख बढी छ भने , ३ र ४ को पनि दुइ दिनमै क्रमश : ७ लाख र ५ लाख माथि छ ।

‘दर्शकले दिनु भएको मायाले झनै दायित्व थपेको छ’ शो निर्देशक विशाल भण्डारी भन्छन् ,’क्वालिटीको कन्टेन दिने हो भने विदेशी शोको अधिकार महँगोमा खरिद गर्नै पर्दैन ।’ यसलाई कमेडी च्याम्पियनले पनि केहि हदसम्म प्रमाणित गरेको छ । शोमा निर्णायकको रुपमा वरिष्ठ हास्यकलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई रहेका छन् । यतिबेला टप १५ छनौट भईसकेका छन् । अब भोटिङ मार्फत कमेडी च्याम्पियनको विजेता चयन हुनेछ । प्रतियोगिता मुलक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गरिरहेको छ । अभिनेत्री केकी अधिकारी , राज घिमिरे र सृजय थपलिया निर्माता रहेको शो विशाल भण्डारीको निर्देशनमा तयार भईरहेको छ । शोलाई पछिल्लो समय नेपाल आइडलको दुइ सिजन होस्ट गरेर चर्चामा आएकी रीमा विश्वकर्माले होस्ट गरिरहेकी छिन् । शोलाई रेडियो अडियोबाट पनि सुन्न सकिनेछ । वेलकम एड्भरटाईजीङको बजार व्यस्थापन रहेको शोको टेक्निकल पाटोलाई शन बिले हेरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्