‘जाइरा’ मा फरक नम्रता

आफ्नो भूमिकालाई न्याय दिदै आएकी अभिनेत्री नम्रता श्रेष्ठ फिल्म ‘जाइरा’ मा नयाँ लुक्समा प्रस्तुत हुदैछिन । हाल पोष्ट प्रोडक्शनको काम भइरहेको फिल्ममा उनी एक मार्शल आर्ट खेलाडीको भूमिकामा देखिँदैछिन् । राजधानीमा फिल्म युनिटले आयोजना गरेको प्रेस मिटमा पनि उनि यस्तै लुक्समा प्रस्तुत भइन ।

‘कपला म आफैले कटौ भनेकी हु , पछी माया पनि लागेको थियो’ नम्रताले कपाल छोट्याउनुको कारण बताउदै भनिन ‘फिल्मको क्यारेक्टरलाई न्याय दिन यो सब गरेकी हु , फिल्म हेरेपछि मैले जवाफ दिनु पर्दैन ।’ प्रेस मिटमा अन्य कलाकारहरु पनि फिल्मकै लुक्समा प्रस्तुत भएका थिए । डेब्यू गर्ल सृजना रेग्मी पनि खेलाडी लुक्समा उपस्थित भएकी थिइन् ।

यसमा सम्राट मगर नम्रताको कोचको भूमिकामा छन् । अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठको पनि प्रमुख भूमिका रहेको फिल्मलाई दर्शकले मङ्सिर १४ मा हेर्न पाउनेछन् । निर्देशक आशुतोष राज श्रेष्ठले आफु खेलसँग निकै नजिक रहेकोले फिल्म बनाउने इच्चा उत्त्पन्न भएको बताए । ‘मलाइ पहिले देखि नै यस किसिमको खेल प्रति लगाव थियो , जसलाई फिल्ममा देखाउने सपना पुरा गरे’ निर्देशक श्रेष्ठले भने ।

ट्रेन्ड सेटर्स र हाईलीहाईको ब्यानरमा निर्मित यसफिल्मको कथा निर्देशक श्रेष्ठ आँफैले लेखेका हुन् । लोकेश बज्राचार्यले यसको सम्पादन गरेका छन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’को स्क्रिप्ट निर्देशक श्रेष्ठ र निरोज महर्जनले तयार पारेका हुन् । कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । यसमा केशव थापाको नृत्य निर्देशन छ । डिओपी बाबु श्रेष्ठको रहेको छ ।

कमेन्ट गर्नुहोस्