श्रद्धा कपुरले लिइन् १७ करोड पारिश्रमिक !

फिल्म । बलिउड अभिनेत्री श्रद्धा कपुर पछिल्लो समय सुपरहिट फिल्म ‘स्त्री २’ मा देखिएकी थिइन् । यो फिल्मले बक्सअफिसमा उत्कृष्ट कमाई गरेपछि निर्माताहरू अहिले श्रद्धालाई आफ्नो फिल्ममा अनुबन्ध गर्न लालायित छन् । निर्माता एकता कपुरले श्रद्धा कपुरलाई आफ्नो आगामी फिल्मको लागि अनुबन्ध गरेकी छिन् ।

भारतीय मिडिया बलिउड हंगामाको रिपोर्टलाई मान्ने हो भने, यस फिल्मका लागि श्रद्धा कपुरले १७ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी छिन् । यति मात्र नभई, उनले फिल्मको नाफामा पनि केही प्रतिशत हिस्सा मागेको बताइएको छ । यदि यो खबर सत्य हो भने, यो भारतीय फिल्ममा कुनै पनि महिला कलाकारले लिएको सर्वाधिक पारिश्रमिक हुन सक्छ ।

यद्यपि, फिल्मको नाम भने अझै सार्वजनिक गरिएको छैन । हाल यो फिल्म निर्माणको प्रारम्भिक चरण (प्रि-प्रोडक्सन) मा रहेको छ र यसै वर्षको मध्यतिर छायाङ्कन सुरु हुने सम्भावना छ । रिपोर्टका अनुसार, श्रद्धा कपुरले ‘स्त्री २’ का लागि ५ करोड भारु लिएकी थिइन् । यस हिसाबले उनले एकता कपुरको फिल्मका लागि एकैपटक १२ करोड रुपैयाँ बढी पारिश्रमिक लिएकी हुन् । ‘स्त्री २’ पछि यो श्रद्धा कपुरको ठूलो प्रोजेक्ट मानिएको छ । साथै, उनी ‘स्त्री ३’ मा पनि देखिनेछिन्, जुन हरर कमेडी अगस्ट २०२७ मा रिलिज हुने बताइएको छ । श्रद्धा कपुरले आफ्नो करियर फिल्म ‘तीन पत्ती’ बाट सुरु गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्