एक्सन अवतारमा आउंदै शाहरुख

फिल्म । पछिल्लो केहि समय यता अभिनेता शाहरुख खानको समय ठीकठाक चलिरहेको छैन । उनले अभिनय गरेका पछिल्ला फिल्मले दर्शकको साथ् पाउन सकेका छैनन् भने उनको स्टारडम घट्दै गएको छ । यसैले गर्दा हुनसक्छ उनले नेक्स्ट फिल्ममा एक्सन हिरोको अवतारमा प्रस्तुत हुने भएकाछन् । अर्थात् उनले राकेश शर्माको जीवनीमा आधारित फिल्म ‘सारे जहाँ से अच्छा’ लाई पछी सार्दै फिल्म ‘डन ३’ सुरु गर्ने भएकाछन् ।

पछिल्लो समय सोसल ड्रामा र लभ स्टोरीमा देखिदै आएका शाहरुखले अब आफ्नो सफल सिरिज डनलाई अगाडी बढाउने भएकाछन् । फिल्मका निर्देशक फरहान अख्तरले लगभग कथाको काम पुरा भईसकेको बताएका छन् । फिल्ममा शाहरुख एन्टीहिरोको रुपमा प्रस्तुत हुनेछन । फिल्ममा शाहरुखसँगै फिल्ममा रहने कास्टिङको काम भईरहेको भारतीय मिडियामा उल्लेख छ ।

डनको तेस्रो सिरिजको काम नसकीएसम्म शाहरुखले बायोपिक फिल्ममा काम नगर्ने समेत बुझिएको छ । उनको टिमले यस समयमा उनलाई अगाडी ल्याउने जनर एक्सन हुनसक्ने निर्क्यौल गर्दै डनको सिरिजको लागि टाइम मिलाएका हुन् ।

कमेन्ट गर्नुहोस्