‘विवाह गर्ने मनस्थितिमा पुग्दैछु’ सुरक्षा (भिडियो सहित)

62 Shares

फिल्म । साउनको पहिलो साताबाट फिल्म ‘घर’ प्रदर्शनमा आउँदैछ । जसमा सुरक्षा पन्त लिड रोलमा छिन् । बेलाबखतमा एक्ट्रेसको गसिप बन्नु र नाम जोडिनु नौलो कुरा होइन । यसै बीच सुरक्षाले आफु विवाह गर्ने मनस्थितिमा रहेको बताएकी छिन् । ‘अहिले चिनजानको प्रोसेसमा छौ’ उनले भनिन् ‘जीवन विताउने कुरा हो , झट्टै निर्णय लिन पनि त सकिदैन नि ।’ उनको भनाइबाट के प्रस्टिन्छ भने उनले कसैलाई मन पराउछिन् र उनलाई आफ्नो जीवनसाथीको रुपमा खोज्दैछिन् । उनले आफुलाई चित्त बुझेमा आफ्नो परिवारलाई भेटाउने बताईन । ‘विस्तारै विवाह गर्ने मनस्थितिमा पुग्दैछु’ सुरक्षा भन्छिन् ‘एक दुइ वर्षमा हामी विवाहमा बन्धनमा बाधिन सक्छौ ।’

उनि आफुलाई वुझ्ने व्यक्ति चाहिने बताउछिन । पछिल्लो समय सुरक्षा ‘घर’ को प्रमोसनमा व्यस्त छिन् । अर्पण थापाको निर्देशनमा तयार फिल्ममा वेनिशा हमाल पनि मुख्य भूमिकामा छिन् । हरर फिल्म ‘घर’ मा एक घरभित्र हुने भुत-प्रेतको कथा देखाइएको छ । शर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा नयाँ घरमा सरेका श्रीमान्-श्रीमतीले भोगेको आत्मासँगको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ ।

डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको फिल्मलाई निरज कँडेलले फिल्म खिचेका हुन् । सुरज पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको पनि प्रमुख भूमिका रहेको छ । मिलन श्रेष्ठले फिल्मको सम्पादन गरेका छन् । सन्तोष अधिकारी यस फिल्मका सह-निर्माताको रुपमा रहेका छन् । सूर्य ठोकरको द्वन्द्व रहेको ‘घर’ लाई डिएस डिजिटल र एफडि कम्पनीले वितरण गर्दैछन् ।

तस्वीरहरु : आर्यन विमली

Facebook Comments