वर्षाले गरिन् क्यानोपी जिपलाईनको उद्घाटन

देश । अभिनेत्री वर्षा राउतले काठमाण्डौँको चोभार स्थित मन्जुश्री पार्कमा सञ्चालनमा ल्याईएको नेपालको पहिलो क्यानोपी जिप लाईनको उद्घाटन गरेकी छिन । शनिबार देखि संचालनमा आएको जिप लाइनको शुभारम्भ गर्न पुगेकी वर्षाले तीन वटा स्टेसन रहेको जिप लाईनको मज्जा समेत लिइन । दश मिनेट खेल्न समय लाग्ने करिब ४ सय मिटरको क्यानोपीमा पहिलो चरणमा एडभेन्चर, दोस्रोमा डेयर डेभिल्स र तेस्रोमा द फन भन्दै खेलाईन्छ ।

‘मैले जिप लाईनको अनुभव पहिले एक पटक गरेको थिए तर रोकी रोकी फरक फरक स्टेशनमा फरक फरक एडभेन्चर क्यानोपीमा पाईदा अझै धेरै मज्जा हुने रहेछ’, वर्षाले भनिन् । उनले फिल्मका सुटिङ भईरहने चोभार एरियामा स्थापना भएका कारण यो जिपलाईनले पर्यटक सम्भावना थप बढ्ने विश्वास समेत व्यक्त गरिन् ।

चार करोड लगानीमा निर्मित क्यानोपी जिप लाईनलाई जे.बी एडभेन्चरले सञ्चालनमा ल्याएको हो । भविष्यमा स्काई वाक र बन्जी जम्म लगायतका प्रोजेक्टको समेत परियोजना तयार गरिसकेको आयोजकले जनाएका छन् ।

विद्यार्थीलाई र स्थानिय ६ नम्बर वडाका बासिन्दाको हकमा भने २५ प्रतिशत छुट दिईएको जेवी ऐडभेन्चरका निर्देशक हिमाल गुरुङले बताएका छन । उनले प्रविधिका हिसावले पनि जापनिज प्रविधि, एक्सपर्टका हिसावले नेपालकै प्रख्यात विज्ञहरुबाट सञ्चालनमा ल्याएको र सुरक्षाको हिसावले पनि नमूना छ बनाईएको दावी गरे ।

कमेन्ट गर्नुहोस्