‘वीर विक्रम २’ मा पल अनुबन्धित

फिल्म । फिल्म ‘वीर विक्रम २’ मा अभिनेता पल शाह अनुबन्धित भएका छन् । फिल्ममा अनुबन्धित कलाकार आकाश श्रेष्ठले पारिवारिक कारण देखाउदै फिल्ममा अभिनय गर्न नसक्ने भनेपछि निर्देशक मिलन चाम्सले उनको स्थानमा अर्का स्टार पल शाहलाई अनुबन्धित गरेका छन् । आकाशको हजुरवुवा बिरामी भएको कारण उनले फिल्म छाडेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । हजुरबुवालाई केयर गर्नुका साथै उपचारको लागि दिल्ली लग्नु पर्ने भएकोले उनले फिल्म छाडेको लेखेका छन् ।

पललाई अनुबन्धित गरिएको र तोकिएकै समयमा फिल्मको छायाँकन हुने निर्माण पक्षले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् । ‘आकाशको हजुरबुवाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ , साथै हाम्रो टिममा पललाई स्वागत गर्दछौ’ निर्देशकसँगै निर्माता समेत रहेका चाम्सले जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसमा वर्षा शिवाकोटी , नाजिर हुसेन , बुद्धि तामाङ , विजय लामा , मनोज केसी लगायतको अभिनय फिल्ममा रहनेछ ।

कमेन्ट गर्नुहोस्