फिल्म । कलाकार तथा निर्देशक माओत्से गुरुङको निर्देशन तथा लगानीमा तयार भएको फिल्म ‘पेन्सन पट्टा’ ले घरेलु बक्स अफिसमा सुरुआती व्यापार सुस्त गरेता पनि दर्शकको साथ् पाएर राम्रो व्यावसायिक लय समातेको छ ।
चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’ विवरणअनुसार फिल्मले असोज ४ गतेसम्म ३ करोड ७९ लाख ७६ हजार ३ सय २४ रुपैयाँ ग्रस कमाएको छ। उक्त अवधिसम्म फिल्मका १ लाख २९ हजार १ सय १९ वटा टिकट बिक्री भएका छन् ।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा स्वयम् निर्देशक गुरुङले लेखेका हुन् । फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, राज थापा काउछा, र लुनिभा तुलाधर लगायतका चर्चित कलाकारहरूको मुख्य अभिनय रहेको छ।
कमेन्ट गर्नुहोस्










