छायाँछविले छान्यो ‘दशकका दश’

फिल्मी न्युज , डिजिटल फिल्मलाई प्रोत्साहन गर्ने उदेश्य राखेर सुरुवात गरिएको ‘डिसीने अवार्ड’ दश वर्ष पुगेको अवसरमा आयोजक संस्था छायाँछवि क्रिएसनले ‘दशकका दस’ छानेको छ । फिल्ममै आफुलाई समर्पित गरिरहेका तथा दशक भन्दा बढी समय बिताएका फिल्मकर्मीलाइ उक्त अवसरमा सम्मानित गरिएको थियो ।

दशका दश भित्र अभिनेता आर्यन सिग्देल , अभिनेत्री रेखा थापा , निर्देशक विकाश आचार्य, निर्माता छविराज ओझा , छायाँकार पुरुषोत्तम प्रधान, सम्पादक बिपिन मल्ल , द्धन्द्ध निर्देशन चन्द्र पन्त , संगीतकार अर्जुन पोखरेल, नृत्य निर्देशक कविराज गहतराज र लेखक शिबम अधिकारी परेका छन् । एक कर्यक्रममको आयोजना गर्दै यिनलाई सम्मान गरिएको थियो ।

तस्वीर कुशल /रमाइलो छ

बिक्रम संवत २०६६ सालदेखि यस वर्षसम्म यो एक दशकमा सबै भन्दा बढी पटक डि सिने अवार्ड जितेका र आफ्नो बिधामा सबै भन्दा बढी लोकप्रियता हाँसिल गरेका सर्वोत्कृष्ट १० विधालाई दशकको सर्वोत्कृष्ट अवार्डबाट सम्मानित गरिएको हो । डि सिने अवार्डका निर्देशक प्रदीप कुमार उदय, अग्रज अभिनेत्रीद्धय चैत्य देवी र बसुन्धरा भुषाल र छायाँछबी क्रियसनका अध्यक्ष शान्तिप्रियले यी अवार्डहरु प्रदान गरे । ‘यस किसिमको टाइटलले हामीलाई प्रोत्साहित मात्र गर्दैन जिम्मेवारी पनि बोध गराउछ ‘ अभिनेता आर्यनले सम्मान ग्रहणपछी बोल्दै भने ‘यसै क्षेत्रमा समर्पित छु , दुई दशकका दुई दशमा पनि पर्न पाउ यहि मनोकांक्षा छ ।’

डा. खाते र माई लभ बिशेष फिल्म

रोशनी केसीद्धारा निर्मित फिल्म डा. खातेलाई सोही कार्यक्रममा २०७४ सालका प्रदर्शित फिल्म मध्य विशेष रहेको कारण सम्मान प्रदान गरियो । सडक बालबालिकालाई सडकबाट पुनर्बासको व्यबस्था गरी, शिक्षा स्वास्थ्य र बालअधिकार सहित उज्ज्वल भविष्य निर्धारणका लागि सार्थक फिल्म निर्माण गरिएकाले डा. खातेलाई सम्मान गरिएको कार्यक्रममा बताईयो ।

यस्तै २०७४ सालको विशेष फिल्म सम्मानबाट माई लभलाई पनि सम्मानित गरियो । अभिनेता गणेश लामा निर्मित यो फिल्मले २०७२ सालको विनाशकारी भूकम्पपछि जापानले नेपाललाई गरेको सहयोग र मित्रताको कथा उठाएर दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने काम गरेकाले सम्मानित गरिएको पनि कार्यक्रममा जानकारी दिईयो ।

कमेन्ट गर्नुहोस्