कपिलको शो मा ‘कपिल देवको टिम’

टेलिभिजन । पछिल्लो समय कपिल शर्मा पुनः सफलताको सिढी चढ्दैछन् । उनले ‘द कपिल शर्मा शो’ स्टार्ट गरेपछि यतिबेला राम्रो सफलता पाईरहेका छन् भने सुनिल ग्रोवर पनि शो मा फर्किने चर्चा चलिरहेको छ । बलिउडका भाइजान सलमान खानले शो प्रोड्युस गरेपछि कपिलले पुनः सफलता पाउन थालेका छन् । यिनै कपिलले शो मा एकपछि अर्को खास पाहुना पनि ल्याउन थालेका छन् । सलमान खानको फ्याम्लीलाई शो मा ल्याउदै स्टार्ट गरेका कपिलले आउदो शो मा सन् १९८३ मा इन्डियालाई वर्ल्ड कप जिताउन सफल क्रिकेट टिमलाई ल्याउदैछन् ।

शुटिङ सकिएपछि सोनी टेलिभिजनले आधिकारिक सोसल मिडिया मार्फत यसको पुष्टि गरेको छ । शो मा नवजोत सिंह सिद्धु देखिएका छैनन् तर कपिल देव, दिलीप वेंगेस्कर, मोहिंदर अमरनाथ, संदीप पाटिल, के श्रीकांत, रोजर बिन्नी, कीर्ति आजाद, मदन लाल, सैय्यद किरमानी, बलविंदर संधू, यशपाल शर्मा र सुनील वालसनले वर्ल्डकप म्याचको समयको अनुभवलाई शेयर गर्नेछन् । कपिलको यस शोले राम्रो चर्चा पाउने लगभग तय भइसकेको छ । शो आउदा हप्ता प्रशारण हुनेछ ।

कमेन्ट गर्नुहोस्