‘मिस स्टार युनिभर्स २०२३’ को शिर्ष उपाधि सृष्टिलाई

सौन्दर्य । युनाइटेड अरब इमिरेट्समा आयोजित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस स्टार युनिभर्स २०२३’ को शिर्ष उपाधि सृष्टि महर्जनले जितेकी छन् । १९ देशका प्रतिस्पर्धीलाईपछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

२२ बर्षिया महर्जनले प्रतियोगीतामा शिर्ष सहित ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’को सवटाइट समेत हात परेकी छन् । ‘मिस स्टार युनिभर्स २०२३’ शिर्ष विजेता बन्दा निकै खुसी लागेको र देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन आफु सफल भएको महर्जनले बताइन् ।

‘उपाधि जित्ने लक्ष्यसहित म सहभागी भएको थिए । तयारी पनि त्यस्तै थियो’, उनले भनिन् ‘अन्तराष्ट्रिय प्रतियोगतिामा सहभागी हँुदै गर्दा नभर्स पनि थिए । अन्तत सफलता प्राप्त भयो ।’

‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ अन्तर्गत आयोजित ‘मिस स्टार युनिभर्स २०२३’मा उनलाई ग्रिनआर्ट मिडियाले ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ ताज सहित पठाएको थियो ।

कार्यक्रममा ‘मिसेस स्टार युनिभर्स २०२३’ तर्फ नेपाली जोया बुढाथोकी सहभागी थिइन् । उनले भने प्रतियोगीतामा ‘मिसेन ब्युटिफुल बडी’को उपाधि हात पारिन् । कार्यक्रममा अवार्डतर्फ सहभागी फेसन मेकअप आर्टिस रश्मि श्रेष्ठ र व्यवसायी परिन्दा श्रेष्ठ ‘परी’ले आआफ्नो बिधामा अवार्ड हात पारे ।

होटल ब्रिस्टल दुआबीमा आयोजित कार्यक्रममा डा. बु .अब्दुला, बलिउड सेलिब्रेटी आफताब शिवदासानी लगायतले विजेतलाई ताज लगाइदिएका थिए ।प्रतियोगीताको निर्णायकमा अनिला श्रेष्ठ (मिसेस युनिभर्स नेपाल २०१९), सुधा एक (वनर सुधा भेन्चर्स), इशा पफरहा कुरैशी, हनिफ शेख, अरविन्द लिम्बावली लगायत रहेका थिए ।

कमेन्ट गर्नुहोस्