‘काले दाइ’ को गीत सार्वजनिक (भिडियो)

फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘काले दाइ’ को गीत सार्वजनिक गरिएको छ । सर्वाजनिक गीत ‘यो दुनिया मेरो लागि होइन रहिछ’ मा सुरज थापाको स्वर इन्द्र रामजालै र गोविन्द श्रेष्ठको शब्द तथा पवनवांग लामाको संगीत रहेको छ ।

यहि असोज १७ बाट प्रदर्शनमा आउने फिल्ममा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ । फिल्मको कथा ईन्द्र रामजाली र किशन अर्यालले लेखेका हुन् ।

फिल्ममा पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ । फिल्म शिव शर्माले निर्देशन गरेका हुन् । नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ ।

कमेन्ट गर्नुहोस्