फुटवलरको साथ क्याप्टेनलाई (फोटोफिचर)

फिल्म । आउदो फागुन १७ देखि फिल्म क्याप्टेन रिलिज हुदैछ । फिल्ममा एउटा फुटवलरको कथालाई चित्रण गरिएको छ । एउटा फुटवल खेलाडीले घरपरिवार , साथीभाई , प्रेम र राजनीतिसंग गर्नु पर्ने संघर्षलाई यसमा देखाइएको छ । पछिल्लो समयका स्टार अनमोल केसीले यसमा फुटवलरको भूमिका निर्वाह गरेका छन् । जसको लागि उनले कडा मेहनत पनि गरे । ‘मैले पाएको समयमा आफुलाई फुटवलर बनाउने हर कोसिस गरेको छु’ अनमोलले ट्रेनिङको समयलाई सम्झिदै भने ‘म दिनभर जसो कुद्थे , सुरुवातमा निकै गाह्रो भयो ।’

कलाकार ,निर्माता तथा अनमोलका पिता भुवन केसी र निर्देशक दिवाकर भट्टराई पनि अनमोलले मेहनत गरेर आफुलाई दुरुस्तै फुटवलर देखाएको बताउछन् । यतिमात्र होइन , फुटवलको कथामा फिल्म निर्माण गरेकोमा यसैलाई आफ्नो भविष्य बनाउने खेलाडी खुसि छन् । फिल्मको गीत सार्वजनिक कार्यक्रममा राष्ट्रिय फुटबल टिमका क्याप्टेन विराज महर्जन , पुर्व कप्तान उपेन्द्रमान सिंह , अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ्ग शेर्पा र महासचिव लगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष शेर्पाले आफुलाई फुटवलको कथामा फिल्म बनेकोले निकै खुसि लागेको बताए । ‘खेलाडी र कलाकार देशका गहना हुन् , अब एकले अर्काको प्रचारप्रसार गर्नुपर्छ’ अध्यक्ष शेर्पाले भने ‘फिल्मले फुटवलमा आफ्नो भविष्य खोज्नेलाई प्रतोसहित गर्न सकोस ।’ शेर्पा झैँ राष्ट्रिय टिमका पुर्व कप्तान सिंह पनि फिल्मले खेलाडीलाई हौसला प्रदान गर्नेमा आशावादी छन् । ‘खेलाडी देशको गहना त हुन् तर उनलाई आत्मविश्वास दिलाउने काम सरकारले गर्न सकेको छैन’ सिंहले भने ‘फुटवल र खेलाडीलाई जोड्ने काम फिल्म क्याप्टेनले गरेको छ , यो निकै सह्रानीय छ ।’ उनले फिल्मले युवालाई फुटवलमा लाग्न प्रेरित पनि गर्ने बताए ।

तस्वीरहरु आर्यन बिमली

कमेन्ट गर्नुहोस्