कोरोनाको डरमा एन्जेलिना

फिल्म । पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दो छ । सेलिब्रेटीलाई पनि यो संक्रमणले प्रभाव पारेको छ । केहि सेलेब्सलाई यो भाइरस पोजेटिभ देखिएको छ । हलिउड अभिनेत्री एन्जोलिना जोलीलाई पनि कोरोना भाइरसले चिन्तित बनाएको छ । हालै एन्जोलिना आफ्नी छोरी विवियनका साथ सपिङ गर्दै भीडभाड बजारमा देखिइन् । एक वेभसाइटका अनुसार उनी कोरोना फैलिए घरमै थुनिनुपर्ने डरले आवश्यक सपिङ गर्दै छिन् ।

एन्जोलिना छोरीसँग लस एन्जलसस्थित ग्रोसरी सपमा लेजन्स नेचुरल फुड र भिटामिनलगायतका सामान किन्दै गरेको भेटिएकी थिइन् । फोटोग्राफरहरूले पछ्याउँदै गरेको तस्बिरमा आमाले छोरीको हातमा ग्रोसरीले भरिएको दुई ठूलो थैलो समातेकी छन् । विवियन, एन्जोलिना र नायक ब्राड पिटकी छोरी हुन्। एन्जोलिना र ब्राड दम्पती सन् २०१६ मा सम्बन्धविच्छेद गरेका थिए ।

(एजेन्सी)
कमेन्ट गर्नुहोस्