जानी नजानी मायामा मनिष र निरिषा (भिडियो)

17 Shares

फिल्म । रोशनी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘जानी नजानी’को शिर्ष गीत सार्वजनिक गरिएको छ । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्मको सार्वजनिक गीतमा फिल्मका दुइ मुख्य पात्र मनिष श्रेष्ठ र निरिषा बस्नेत फिचर्ड छन् । अर्जुन पोखरेलको संगीत रहेको ‘जानी नजानी’ बोलको गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर छ भने गीतको शब्द निर्माता मोदनाथ खनालले लेखेका हुन् ।

प्रविन सिंहको कोरियोग्राफी रहेको गीतमा मनिष र निरिषा बीचको बढ्दो मायालाई चित्रण गरिएको छ । फिल्ममा मनिष र निरिषासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगाएतले अभिनय गरेका छन् । रोशनी केसी प्रस्तुतकर्ता रहेको फिल्म ‘जानी नजानी’ मा मोदनाथ खनाल र सागर काजि माली निर्माता रहेका छन् । फिल्मलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । सामिप्यराज तिमल्सेनाको लेखन रहेको फिल्मलाई सञ्जय लामाले खिचेका हुन् । फिल्म रोशनी इन्टरटेनमेन्ट्सको ब्यानरमा बनेको हो ।

कमेन्ट गर्नुहोस्