दोस्रोपटक सर्‍यो ‘वन्डर वुमन–१९८४’

55 Shares

फिल्म । कोरोना भाइरस (कोभिड १९) का कारण विश्वका अधिकांस क्षेत्र ठप्प छ । फिल्महरुलाई पनि यसले अन्य क्षेत्र झैँ असर गरेको छ । फिल्मकार क्रिस्टोफर नोलनको थ्रिलर फिल्म ‘टेनेट’ र गेल गैडोट अभिनीत फिल्म ‘वन्डर वुमन–१९८४’को रिलिज मिति कोरोना संकटका कारण फेरिएको छ।

जुलाई १७ लाइ रिलिज तोकिएको रबर्ट पैटिनसन र जोन डेबिड वासिङ्टनको अभिनय रहेको टेनेट अब जुलाई ३१ मा रिलिज हुनेछ। यस्तै वार्नर ब्रदर्सको सुपर हिरो फिल्म ‘वन्डर वुमन–१९८४’को रिलिज डेट अगस्ट १४ बाट बढाएर अक्टोबर २ पुर्‍याइएको छ। फिल्मको रिलिज डेट दोस्रोपटक सारिएको हो। सुरुमा यो फिल्म जुन ५ मा रिलिज हुने बताइएको थियो।

कमेन्ट गर्नुहोस्