महेशको फिल्म हेर्न सलमान आतुर ?

फिल्म । बलिउडका भाइजान अर्थात् सालमान खान यतिबेला व्यस्त छन् । उनको आउँदो इदमा फिल्म ‘भारत’ रिलिज हुँदैछ भने दबंग ३ को छायाँकनलाई पनि सकाउने मुडमा उनि छन् । फिल्मको केहि प्रतिशत छायाँकन सकिएको छ भने भारत रिलिजको सातापछी उनि पुनः चुलबुल पाण्डे अवतारमा आउनेछन् ।

फिल्मलाई उनकै नजिकको निर्देशक प्रभुदेवाले निर्देशन गरिरहेका छन् । यस्तो व्यस्त समयमा सलमानले साउथ इण्डियन फिल्मका स्टार महेश बाबुको फिल्म ‘महर्षि’ हेर्ने भएका छन् । महेश्वरको छायाँकन सकाए लगतै उनले फिल्म हेर्ने मुड बनाएका छन् । विहिबारबाट रिलिज हुने फिल्मलाई मेकरले सलमानकै लागि स्पेसल शो आयोजना गर्ने भएका छन् । उक्त शो मा सलमान सहित दबंग ३ का टिम हुनेछन् । महर्षिले साउथ इण्डियन दर्शक माँझ राम्रो केज बनाइ सकेको छ । यसैले गर्दा पनि सालमान फिल्मलाई लिएर निकै उत्साहित छन् ।

त्यसो त सलमान र महेश एकअर्कासँग मिल्छन पनि । महेशकै पोकेरीको हिन्दी रिमेक वान्टेडमा सलमानले अभिनय गरेका थिए , जसलाई प्रभुले नै निर्देशन गरेका थिए । यो फिल्मले सलमानको ओरालो लागेको करियरलाई माथि लैजान मदत गरेको थियो । त्यसपछि सलमानले निरन्तर सफलताको सिढी चढिरहेका छन् । सलमानले फिल हेर्ने थाहा पाएपछि महेशले धन्यवाद दिएका छन् । ‘हामी उत्साहित छौ कि सलमानले फिल्म हेर्दैछन्’ महेशले भने ‘हाम्रो फिल्म उनलाई मन परोस भन्ने कामना छ ।’

सलमान र प्रभुले फिल्म हेर्नुलाई कतै यसको पनि रिमेक बनाउने तयारी त होइन ? भन्ने गसिप बि-टाउनमा स्टार्ट भईसकेको छ । सलमान पछिल्लो समय व्यस्त रहेको फिल्म ‘दबंग ३’ यसै वर्षको डिसेम्बर २० मा रिलिज हुनेछ । सलमानको सफल फिल्ममा पर्ने ‘दबंग’ सन् २०१० मा रिलिज भएको हिट मात्र भएन , सलमानले फिल्ममा निर्वाह गरेको क्यारेक्टर ‘चुलबुल पाण्डे’ लाई पनि दर्शकले रुचाए ।

त्यसपछी दर्शकले यसको सिक्वेललाई सन् २०१२ मा हेरेका थिए । दबंगलाई अनुभव सिन्हाले निर्देशन गरेका थिए भने यसको सिक्वेललाई अरबाज खानले । फिल्म पछिल्लो समय समस्यामा परेका किसानको वरिपरी घुम्ने छ । किसानले भोगीरहेको समस्याको समाधान चुलबुल पाण्डेले गर्नेछन् । पछिल्लो समय भारतमा भू माफियाले किसानको जमिन हडपेको खबरले निकै चर्चा पाएको थियो । यसपटक दबंगको तेस्रो सिरिजमा यसै विषयवस्तुलाई समेटिएको खबर बाहिर आइरहेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्