‘लभ आजकल’ को सिक्वेलमा अटाएनन् सैफ

बलिउड । पछिल्लो समय बलिउडमा छोटे नवाव सैफअलि खानको समय ठीकठाक छैन । किनकी उनको फिल्मले बक्सअफिसमा कमाल देखाउन सकेको छैन नै उनको हिट फिल्मको सिक्वेलमा पनि उनि छैनन् । यसै वर्ष रिलिज भएको फिल्म ‘रेस ३’ मा उनलाई सलमान खानले रिप्लेस गरे । सैफको हिट सेरिजलाई हेर्ने हो भने ‘रेस’ निकै अगाडी आउछ । रेसमा नअटाएका सैफ अर्को हिट फिम ‘लभ आजकल’ को सिक्वेलमा पनि अटाएनन् ।

इम्तियाज अलिको निर्देशनमा तयार हुने फिल्मको लागि सैफलाइ भनिएन , उनको स्थानमा अभिनेता कार्तिक आर्यन छानिएका छन् । पछिल्लो समय प्यारका पंचनामा सिरिज मार्फत चर्चामा रहेका कार्तिकलाई लिएर निर्देशक अलिले फिल्मको काम अगाडी बढाई सकेका छन् । एकपछि अर्को हिट फिल्मको सिरिजबाट आउट भएपछी सैफ यतिबेला राम्रो फिल्मको खोजीमा छन् ।

कमेन्ट गर्नुहोस्