सलमानले सफलतामा ‘ह्याट्रिक’ गर्न नपाएका निर्देशक

24 Shares

फिल्म । बलिउडका भाइजान अर्थात् सलमान खानको पछिल्लो समय ठीकठाक छैन । उनको फिल्महरु पछिल्लो समय हिटको तुलनामा असफल धेरै छन् । जसलाई उनकै फ्यानले समेत रुचाएका छैनन् । यिनै सलमानले आफ्ना दुइ प्रिय निर्देशकसंग ह्याट्रिक गर्ने मौका पाएनन् । उनका नजिकका दुइ निर्देशक कबिर खान र अलि अब्बास जफर हुन् । उनले दुवैसंग सुरुवातको दुइ फिल्म सफल बनाए पनि ह्याट्रिक भने गर्न सकेनन् ।

सलमान – कबिर

सलमान खानको सुरुवात कबिर खानसंग राम्रै भयो । सन् २०१२ मा सलमान र कबिरको पहिलो फिल्म एक था टाइगर आयो । हावादारी फिल्म गरिरहेका सलमानलाई उक्त फिल्मबाट प्रसंसा त मिल्यो नै, उनले नयाँ उपनाम समेत पाए ‘टाइगर’ । त्यपछि सलमानले कबिरसंग दोस्रो सहकार्य गरे , ‘बजरंगी भाइजान’ । सन् २०१५ मा यो जोडीले काम गरेको फिल्म ‘बजरंगी भाइजान’ लाई सलमानको दशककै उत्कृष्ट फिल्मको रुपमा लिइयो । फिल्ममा मनोरंजन त थियो नै साथमा दमदार कथा पनि । तर , त्यसपछि यी दुइको सहकार्यमा आएको फिल्म ‘ट्युबलाइट’ भने असफल भयो । असफलतासंगै दुइ बीच दुरी बढ्यो । त्यसपछि सलमान सुल्तानका निर्देशक अलि अब्बास जफरसंग नजिकिए । लगातार सफलतामा सलमानले कबिरसंग ह्याट्रिक गर्न सकेनन् । बजरंगी भाइजानले जति चर्चा पायो , ट्युबलाइटले त्यति नै आलोचना ।

सलमान – अलि अब्बास

सलमानका प्रिय निर्देशक मध्यका एक हुन् , अलि अब्बास जफर । अलिले सलमानसंग सन् २०१६ मा काम गरे , सुल्तानमा । यो फिल्मले सलमानलाई उपनाम त दियो नै साथै बक्स अफिसमा हिट पनि बनायो । त्यसपछि यी दुइको सहकार्य सन् २०१७ मा रिलिज भएको फिल्म ‘टाइगर जिन्दा है’ मा देखियो । यो फिल्म पनि बलिउड बक्स अफिसमा सफल रह्यो । फिल्मले सलमानको फ्यानलाई निराश बनाएन । तर , यहि जोडीको फिल्म ‘भारत’ भने चिप्लियो । नत सलमानको फ्यानले नै तारिफ गर्न सके नत बक्सअफिसमा नै कमाल देखियो । अन्तत सलमानले अलिसंग पनि ह्याट्रिक गर्न सकेनन् । लगातार दुइ फिल्म सफल भयपनी सलमानले ह्याट्रिक गर्न सकेनन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्