नेपाली गीत गाउने तयारीमा अमित

सङ्गीत । सन् २००७ मा गायनमा आधारित रियालिटी शो ‘इन्डियन आइडल’ को दर्शक नेपालमा समेत बढेका थिए । किनकि शोमा नेपाली मुलका गायक प्रशान्त तामाङ सहभागी थिए । त्यसअगाडी त्यस किसिमको सहभागीता नभएकोले गायक तामाङको कारण कार्यक्रम नेपालमा लोकप्रिय भईरहेको थियो । नेपालीले विश्वभरबाट भोट गरेर गायक तामाङलाई विजेता बनाउन सफल भए । सोही शोमा उपविजेता बने, अमित पल ।

गायनमा अब्बल पलले गायक तामाङसँगै विश्वका विभिन्न देशमा कन्सर्ट गरे । ‘इन्डियन आइडल’ को अन्तिम तीनमा परेको सबैलेले एकसाथ कार्यक्रम गरेपछि सामीप्यता बढ्यो । गायक पललाई नेपाली चलचित्र ‘दीपशिखा’ बाट गायनको अफर गएपछि गीत गाए । उनले नेपालमा काठमाडौंसँगै पोखरा,चितवन लगायतका स्थानमा आयोजित कार्यक्रममा सहभागिता जनाए ।

‘मैले बाल्यकालमा धेरै नेपाली गीत सुनेको छु । कान्छी रे कान्छी रे, रातो रानी फुले झैँ लगायतका गीत सुनेर खाना खान्थे । कन्सर्टमा घुमेपछि अझैँ नेपालीलाई बुझ्ने मौका पाए’, गायक पलले भने,‘नेपाली गीत प्रस्ताव हुँदा गाए । साङ्गीतिक कार्यक्रम प्रस्ताव हुँदा नेपाल आए। नेपाल र नेपालीबाट पाएको मायालाई व्यक्त गर्ने शब्द म सँग छैन ।’

केही समय सङ्गीत भन्दा पनि व्यापारमा बढी सक्रिय गायक पलले नेपाली गीतको तयारी समेत गरिरहेका छन् । उनी नेपालमै गीत तयार गर्ने तयारीमा समेत छन् । ‘मैले नेपाली भाषा पनि सिक्दैछु, बोल्दैछु । म यही गीत गाउने र भिडियो बनाउने तयारीमा छु । मैले सोचे जस्तो भयो भने नेपालीलाई छिटै उपहारस्वरूप नेपाली गीत दिनेछु’, गायक पलले भने,‘मलाई अहिले पनि नेपाली गीत गाउने रहर छ । यहाँबाट प्राप्त मायालाई कदर गर्दै गाउने गीत एउटा मात्र नभई सङ्ग्रह नै हुनेछ । तर अहिले एउटाको मात्र तयारी छ ।’

कमेन्ट गर्नुहोस्