भ्यालेन्टाइन डेमा ‘डबल ट्रिपल’

फिल्म । अशोक शर्माको निर्देशनमा तयार हुने फिल्म ‘डबल ट्रिपल’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि दशैंको फूलपातीमा रिलिज हुने भनिएको फिल्म अब फागुन १ गते भ्यालेनटाइन डेको अवसरमा प्रदर्शनमा आउने छ ।

नेपाली नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा सामाजिक सञ्जाल फेसबुकमार्फत निर्देशक शर्मामाले ‘डबल ट्रिपल’को नयाँ प्रदर्शन मिति घोषणा गरेका थिए। निर्देशक शर्माले भने,‘दसैँमा धेरै फिल्महरू आउने भए, भरसक मिलाएर कम फिल्म ल्याएर निर्माता साथीहरू पनि सेफ होस् भन्ने हेतुले सहमति बनाउने प्रयास गर्दा कोही पनि एक इन्च सर्न पनि तैयार भएनन् त्यसैले ‘डबल ट्रिपल’ अब २०८२ फागुन १ गते रिलिज हुनेछ ।’

यसमा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, रामप्रसाद खनाल तथा सुरविर पंडितको अभिनय रहनेछ । यसको कथा/पटकथा निर्देशक शर्माले राजेश सिटौलासँग मिलेर लेखेका हुन् ।

फिल्ममा शम्भुजित बाँस्कोटाको संगीत, शान बस्न्यातको संवाद, आलोक शुक्लाको छायाँकन, राजु किराँतीको एक्सन तथा सुनिल क्षेत्रीको नृत्य निर्देशन रहनेछ । नगेन्द्र घिमिरे सिनेमाका निर्माण नियन्त्रक हुन् । यसको निर्मातामा किरण शर्मा पौड्याल, किर्ति शर्मा तथा अंकित शर्मा रहेका छन्।

कमेन्ट गर्नुहोस्